डोल्पामा सेनाले बनायो सरस्वती माविमा सरस्वती मन्दिर

दुनै(डोल्पा) ८ चैत्र
सेनाले डोल्पाको एक बिद्यालयमा मन्दिर निर्माण गरेको छ ।
सेनाले ठुलीभेरी नगरपालिका ३ अन्तर्गत सदरमुकाम दुनैमा रहेको सरस्वती माविमा सरस्वती देबीको मन्दिर निर्माण गरेको हो ।
बिद्यालय,सुरक्षा गुल्म सेमु दुनै र कालीदत्त गुल्म सुलिगाडको संयुक्त प्रयासमा उक्त मन्दिर निर्माण गरिएको हो ।
उक्त मन्दिर सेनाका बाहिनी पति सहायक रथी कुमार लामाद्धारा मुर्ती राखेर पुजापाठ गरि अनावरण गरिएको थियो ।
नेपाली सेना हिँउदको चिसो समयमा पनि दिनरात खटेर मन्दिर निर्माण गरेकाले मन्दिरको रेखदेख र सरसफाई बिद्यालयले गर्नुपर्ने जाजरकोट डोल्पा सडकखण्डका प्रमुख तथा कर्णल बिश्वबन्धु पहाडीले बताउनुभयो ।
उक्त सरस्वती मन्दिरमा ९६ केजीको सरस्वतीको मुर्ती राखिएको छ ।
बिद्याकी देबी सरस्वती मातको मन्दिर बिद्यालयमा निर्माण गरिदिएकोमा शिक्षक बिद्यार्थीहरुले सेनालाई धन्यबाद समेत दिएका थिए ।
सेनाले डोल्पामा सडक निर्माण,सरसफाई,बिपद ब्यबस्थापन,सार्वजानिक सम्पदा निर्माण जस्ता थुप्रै सामाजिक कार्य गर्दै आएको छ ।
रामचन्द्र न्यौपाने










