चुनावी नारा मात्र किन बन्छ टेलिफोन टावर

हेमन्त के सी
जाजरकोट । बारेकोट गाउँपालिका वडा ५ का प्रेम शाही फोन गर्नका लागि घडी सुई हेरेर कुर्ने गरेको बताउँछन् । बिहान ९ वजे उनको मोवाईलमा स्काईको नेटवर्क देख्निछ । ९ बजे आएको नेटवर्क करिव १ घण्टा सम्म मात्र काम गरेर फेरी वेलुका ४ बजे मात्र उनको मोवाईलमा देखिने गर्छ ।
४ बजे देखि करिव ६ वजे सम्म काम गरेर भोली बिहान पुर्न ९ बजेका लागि टावर जाँदा हैरान भएको प्रेमको भनाई छ । त्यस्तै अर्का वीरेन्द्र एश्वर्य उच्च मावि लिम्सा का शिक्षक कालीप्रसाद थापा दैनिक बिद्यालयको काम गर्नका लागि सयौँ फोन गर्नुपरेपनि घडीको सुई नै हेरेर फोन गर्ने गरेको पिडा सुनाउँनुहुन्छ । ईन्टरनेट त यहाँका स्थानीयलाई कुन चरिको नाम हो भन्ने सम्म भएको थापाले बताए । यहाँका करिब ८ हजार भन्दा बढी स्थानीयहरु यसरी नै दैनिक घडीको सुई हेदै फोन गर्न बाध्य भएको पिडा सुनाउँने गर्दछन् । चुनावको समयमा माओवादी नेता तथा बन मन्त्री शक्तिवहादुर वस्नेतले टेलिफोन सेवा सुधार गर्ने मुख्य नारा नै बनाएका थिए । बारेकोट पुगेकै दिन वस्नेतको मोवाईलमा नेटवर्क नआएपछि उनले यस्तो भनेका थिए । अर्का नेपाली कांग्रेसका नेता राजिवविक्रम शाहले पनि जिल्लाको सञ्चार सेवा भरपर्दो बनाउँने भन्दै चुनाव लडेको थिए । शक्तिले चुनाव जिते तर फोन सेवा पहिले जस्तो थियो अहिले पनि त्यस्तै छ , राजिव चुनावमा पराजित भएपछि जाजरकोट फर्केका छैन्न । भोट हालेर बिजय बनाउँने जनताले कहिले बन्छ टलिफोन टावर भन्दै हजार पटक प्रश्न गर्दा अहिले कसैले पनि नसुनेको बारेकोट गाउँपालिका वडा ७ का हरीवहादुर पुनले पिडा सुनाए । बारेकोटको रतनकोटमा स्काई प्रविधिको टावर भएपनि निरन्तर काम नगर्दा यहाँका स्थानीयवासीहरु हैरान भएका हुँन् । स्काई प्राविधिको मात्र टावर हँुदा दैनिक फोनमा समस्य आएको छ । फोन सेवा सुधारका लागि जिल्ला, केन्द्र र प्रदेशमा धाएपनि कसैले ध्यान नदिएको थापाको भनाई छ ।
बिरामी हुँदा, कार्यालयको काम गर्दा , नेपाल प्रहरीले सुचना छिटो छरितो दिने लिने काम समेत प्रभावित हुँदै आएको छ । फोन गर्नका लागि एक दिन हिडेर सक्ला आउँने गरेको थापाले बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!