सानीभेरी गाउँपालिका कार्यालयमा तालाबन्दी

रुकुम , रुकुम पश्चिमको सानीभेरी गाउँपालिका कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन्। गाउँ कार्यापालिकाको बैठकले अहिले कार्यालय रहेको ठाउँभन्दा अन्य ठाउँमा कार्यालय भवन निर्माणका लागि जग्गा खरिद गर्ने निर्णय गरेपछि स्थानीय आन्दोलित भएका हुन्। सोमबार बसेको बैठकले गाउँपालिकाको भवनका लागि वडा नम्बर ७ द्वारेज्युलामा जग्गा खरिद गर्ने निर्णय गरेको छ। गाउँपालिकाको कार्यालय वडा नम्बर ९ स्थित सिम्ली बजारमा छ। स्थानीयहरुको तालाबन्दीसँगै स्थानीयले आम हड्ताल गरेका छन्। गाउँपालिकाका केही पदाधिकारीको स्वार्थका लागि गाउँपालिकाको कार्यालय सार्ने निर्णय भएको भन्दै स्थानीय आन्दोलित भएका हुन्।





error: Content is protected !!