डोल्पालीको अपेक्षा मन्त्री र सांसदको सङ्ख्यात्मक बृद्धी मात्रै होईन !

दुनै(डोल्पा) ५ फागुन
डोल्पाको बास्ताविकता
दुर्गम हिमाली जिल्ला हो डोल्पा ।भौगोलिक हिसाबमा नेपालकै ठुलो जिल्ला भएपनि विकासका हिसाबमा भने सबैभन्दा पछि छ ।यथार्त हो पनि ।विकासका थुप्रै सपना बोकेको डोल्पाले बाईसौँ शताब्दीमा पनि न्यनु बिकासको चिनारी छाड्न सकेको छैन् ।अझै पनि सिटामोल नपाउने,बिकासको गती सुस्त,थाप्लोमा नाम्लो नछुट्ने,महंगीको चरम बृद्धीहुने र घोडा खच्चडले धानेको जिल्लाको जिल्लाको रुपमा चिर परिचित छ ।पछिल्लो समयमा डोल्पामा बिकासमा अपारदर्शीता भएको जिल्लाको बिल्ला पनि शुसासन र आर्थिक पारदर्शीताको मापन गर्ने संघसँस्थाले दिने उपहार थाप्न भ्याई नभ्याई छ डोल्पालाई ।यो डोल्पा र डोल्पालीको नेतृत्व गरिरहेका ब्यक्तिहरुकालागि दुखद कुरा हो ।कुनै पनि ठाउँ,गाँउ क्षेत्र र देशको बिकासकालागि सामान्य नागरिक देखि कर्मचारी नेता सबैको उत्तिकै भुमिका आवाश्यक रहन्छ ।सायद यसैको तारतम्य नमिलेर पनि डोल्पाले बिकासको ढोका पार गर्न नसकेको हो की सबैले आत्मआलोचना गर्न जरुरी छ ।यद्यपी विकासकालागि जनताको नेतृत्व गर्ने नेता ज्युहरुको भुमिका बिशेष रहन्छ ।जनताको आशा भरोसा र विश्वास नेता प्रति नै रहन्छ ।यसमा कसैको दुई मत छैन् ।अमुल्य मतदान गरेर सिँहदरवारको ढोका देखाई दिएका जनताले कसरी विकासको आशा नगरुन ।क्षण्कि आश्वासनमा अल्झेर पनि सिँहदरवारको ढोका देखाईदिने जनताप्रति उत्तरदायित्व बोध गर्न सकिरहेका त छैनौँ ।नेताज्युहरुले आत्म समिक्षा गर्न जरुरी छ ।तर कतिपय नेता ज्युहरुको खोलो त¥यो लौरौ बिर्सेको भन्ने परिपार्टीले भविश्यको राजनितिक सफलताको यात्रा आफै छोट्याउँदै छन् ।जनताको आशाको मार्ग एकतिर थाती राख्दै ब्यक्तिगत बिकासको मार्ग खन्न तर्फ अग्रसरहुनु पनि राजनितिक जीवन छोट्याउने अर्को मार्ग हो ।यो कुरा पनि बुझ्न आवाश्क छ ।भोलीको भविश्यमा जनप्रिय भुमिकामा रहन वास्तबिक जनताको समस्या बुझ्नु र समाधान गर्नु कर्तब्यसँगै दायित्व पनि हो ।आजका दिनमा नायक रुपमा नेता ज्युहरुको उपस्थितिले जनतालाई राम्रोसँगै चिन्ने अवसर पनि जुराईदिएकै छ ।जुन भुमिकामा राजनितिमा छिरेपनि जनताको सपना साकार पार्ने कुरामा जोडदिन सबैको आग्रह छ ।आगन्तुक नेताज्युहरु आगमन र उनीहरुले दिने आश्वासन सुखद हुने गरेतापनि डोल्पालीको दैनिकी भने अझै पनि दुखद अनि कष्टपुर्ण हिसाबमै चलिरहेको छ ।यो सबैकालागि दुर्भाग्यको कुरा हो ।
डोल्पालीको अपेक्षा
राज्यको नेतृत्व खोजीरहेको डोल्पाले अहिले दुई मन्त्री सहित चार सांसद पाएको छ ।यो डोल्पाली जनताकालागि सुखद कुरा हो ।संघिय नेपालको मन्त्रीको रुपमा दुईजना मन्त्री पनि डोल्पाबाट बनिसकेका छन् ।दुई पटक भारी मतका साथ बिजय हुनुभएका सांसद धन बहादुर बुढा संघिय गणतान्त्रिक नेपालको केन्द्रिय सरकारमा पर्यटन राज्यमन्त्रीको रुपमा नियुक्त हुनभएको छ । डोल्पाबाट दुई पटक प्रतिनिधि सभामा अत्याधिक मत सहित बिजयीहुनुभएका बुढाको जीम्मेवारी समेत पहिलेको भन्दा फराकिलो बनेको छ ।जसरी हिजो सांसद मात्रहुँदा उहाँप्रति डोल्पालीको अपेक्षा जुन हिसाबमा साँघुरो थियो अहिले मन्त्रीहुँदा डोल्पालीको आशा थप दुईगुणा बडेको छ ।एक युवा नेता संघिय नेपालको मन्त्रीहुँदा पलाएको डोल्पालीको तीब्र बिकासको आशा पुरा हुन्छ कि निराशामा परिणत हुन्छ त्यो भने हेर्न बाँकी छ ।त्यस्तै डोल्पा प्रदेश क्षत्रे नं क बाट बिजयी हुनुभएका सांसद नन्द सिँह बुढा पनि मन्त्री बन्नुभएको छ ।उद्योग,पर्यटन बन तथा बाताबरण मन्त्रकिो जिम्मेवारी समाल्नु भएका बुढाप्रति पनि डोल्पाको भारी आशा छ ।संघिय संरचना अनुसार आफ्नो गाउँ आफै बनाउ भन्ने नितिका साथ कर्णाली प्रदेशको डोल्पा हिजोको डोल्पाको रुपमा यथास्थानमै राख्ने कि परिबर्तन गर्ने भन्ने गहन जीम्मेवारी समेत बुढाको काँधमा थपिएको छ ।बिकासको अभावमा काकाकुल डोल्पाको समग्र बिकासकालागि पनि दुई मन्त्री प्रति गरिएको डोल्पालीको आशाको दियो जगाउने वा निभाउने उहाँहरुकै हातमा छ ।त्यसोत डोल्पाको बिकासको सवालमा उहाँहरुको मन्त्री पद अवसर सँगसँगै चुनौतिको चाङको रुपमा खडा छ ।त्यस्तै पुर्व शान्त्रि मन्त्री तथा प्रतिनिधि सभा समानुपिातिक सांसद सत्य पहाडी,प्रदेश क्षेत्र नं ख बाट बिजयी हुनुभएका बिरबहादुर शाही र नेकपा एमालेबाट समानुपातिक सांसदको रुपमा सिफारिस हुनभएका सांसद बदमी कुमारी बुढा प्रति पनि डोल्पा बिकासको गहन जिम्मेवारी थपिएको छ ।त्यसोत डोल्पालीको खुशी मन्त्री र सांसदको संख्यात्मक बृद्धी भएकोमा मात्रै नभई भावनात्मक खुशी सँगैसँगै डोल्पाको बिकासले गति लियोस भन्ने छ । डोल्पालीलाई बिकास चाहिएको छ, गाँउ–गाँउमा मोटर कुदेको देख्ने चाहाना छ ,घरमै बसेर उच्च शिक्षा पढ्ने चाहना छ,हाम्रै बस्तीहरुमा ठुल–ठुला अस्पतालहरु खुलुन भन्ने हाम्रो चाहना छ,विरामिहरु सामान्य उपचार र यातायातको असुविधाले ज्यान गुमाउन नपरोस भन्ने चाहान छ ।बर्षौै देखिको डोल्पालीको बिकासको सपना बिपनामा परिणत गुर्नहुनेछ भन्ने बिश्वास छ ।बर्षौ सुस्ताएको बिकासले गति लेला भन्ने डोल्पालीको अपेक्षा छ ।डोल्पाका उत्पादनहरु राष्ट्रिय अन्तराष्ट्रियस्तरमा पुगोस भन्ने चाहाना छ ।हामि सुन्दर ठाँउका मान्छे ।चारैति डाँडाकाँडा,थुप्रै हिम श्रृखला,ताल तलैया,मठ मन्दिर जडिबुटीका हिसाबमा सम्पन्न छौ ।हो यिनै क्षेत्रको दिगो बिकास होस भन्ने डोल्पालीको चाहाना छ ।जलबिद्युतको अथाह सम्भावना बोकेका खोलानालाहरु डोल्पामै छन् ।यिनै खोलानालाबाट हजाराँै किलोवाट बिद्युत निकालियोस,जडिबुटी प्रशोधन केन्द्रहरु स्थापना हुन,रोजगारिका अवसरहरु सिर्जना हुन भन्ने डोल्पालीको चाहाना छ ।हाम्रा नेतृत्वहरुले गरेको प्रतिबद्धता हिजोको जस्तै आश्वासनमा मात्र सिमित नहोस,ब्यबाहारमा पनि लागु होस ।डोल्पालीको चाहाना यही छ ।

                                                                                                                                 रामचन्द्र न्यौपाने
                                                                                                                                       पत्रकार





error: Content is protected !!