चुनावी प्रतिवद्धता पुरा गर्दै जनताको घरदैलोमा साँसद शर्मा

रुकुम(पश्चिम) चुनावका वेला सवै उम्मेद्धारहरुले जनतासंग आकाशको चन्द्रमा झारिदिने प्रेमील सपना देखाउछन । चुनाव जितेपछि भने गाँउमा अनुहार समेत देख्न मुस्कील पर्छ माननीयहरुको । तर पश्चिम रुकुम क्षेत्र नं. २ वाट प्रदेश सभामा प्रतिनिधित्व गरेका गोपाल शर्मा (अनल) भने चुनावी प्रतिवद्धता वमोजिम अहिले गाँउ गाँउमा पुगिरहेका छन् । प्रदेशसभाको वैठक स्थगित गरेको मौका छोपी चुनावी क्षेत्रमा प्रवेश गरेका गोपाल शर्मा यतिवेला गाँउमा जनताको गुनासो सुन्न, विकास निर्माण कार्यको अनुगमण गर्न र जनताको आवश्यकतामा स्थानिय सरकारहरुलाई परिचालन गर्न व्यस्त हुनुहुन्छ ।


जनता र पार्टी नेता कार्यकर्ताका विच लोकप्रीय नेताको छवि निर्माण गरेका साँसद शर्माले निर्वाचित भैसकेपछि हरेक महिना चुनावी क्षेत्रभित्रका सवै स्थानिय तहका एक एक वडामा पुग्ने योजना सार्वजनिक गर्नुभएको थियो । सोही योजना अनुसार जनताको गुनासो सुन्न र जनताको आवश्यकता सम्वोधन गर्न आफु गाँउ पसेको साँसद शर्माको भनाई छ । फागुन १९ गतेदेखि पश्चिम रुकुमको चौरजहारीवाट शुरु भएको साँसद शर्माको गाँउ यात्रा आजसम्म जारी छ ।


साँसद शर्माले फागुन १९ गते चौरजहारी नगरपालिकाको आयोजनामा भएको प्रथम चौरजहारी नगरप्रमूख कपको समापन समारोहमा सहभागि भई प्रतियोगितामा विजयी खेलाडिहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नुभयो । फागुन २० गते चौरजहारी नगरपालिकाको विकट क्षेत्र जोगिनेटा पुगेर सडक उदघाटन गर्नुभएका साँसद शर्माले फागुन २१ गते चौरजहारी नगरपालिकाको खोलागाँउ पुगेर सहिद परिवार सम्मान कार्यक्रममा सहभागि भई सहिद परिवारलाई सम्मान तथा अभिनन्दन गर्नुभयो । गृहक्षेत्र समेत रहेको चौरजहारी नगरपालिकाभरिका सहीद परिवार सहभागि रहेको सो कार्यक्रममा सहभागि साँसद शर्माले सहिदको सपना पुरा गर्नका लागि आफु जीवनभर विचलित नहुने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

चौरजहारी नगरपालिकाका कार्यक्रम सकेर फागुन २२ गते त्रिवेणी गाँउपालिकाको वडा नं. २ को विमैचा पुगेका साँसद शर्माले वडापालिका र स्थानिय जनतासंग अन्तरक्रिया गर्नुको साथै निर्माणाधिन स्याउलीवजार विमैचा सडकको अनुगमण पनि गर्नुभयो । ३ घण्टा पैदल हिडेर विमैचा पुगेका साँसद शर्माले जनताका आवश्यकता पुरा गर्न स्थानिय सरकार, प्रदेश सरकार र संघीय सरकारलाई परिचालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । फागुन २३ गते त्रिवेणी गाँउ कार्यपालिका र स्थानिय पार्टी नेताहरुसंग अन्तरक्रिया गरेर साँसद शर्मा फागुन २४ गते सानीभेरी गाँउपालिकाको सिम्लीमा आयोजित अन्तराष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रममा सहभागि हुनुभयो । फागुन २५ गते सिम्ली गाँउ कार्यपालिकाको वैठकमा सहभागि साँसद शर्माले स्थानिय तहलाई जनभावना वमोजिम काम गर्न स्थानिय जनप्रतिनिधिलाई निर्देशन गर्नुभयो ।
फागुन २६ गते साँसद शर्माले जिल्लाभरका स्थानिय तहका न्यायिक समितिको लागि आयोजना गरिएको न्याय सम्पादन सम्वन्धि अभिमुखिकरण तालिमको उद्घाटन गर्नुभयो । तालिम उद्घाटन गर्दै साँसद शर्माले न्यायिक समितिको क्षेत्राधिकार भित्र रही जनतालाई सकेसम्म छिटोछरितो र सरल प्रक्रिया अवलम्वन गरेर न्यायसम्पादन गर्न निर्देशन गर्नुभयो ।

यो एकहप्ते गाँउयात्रामा जनताको घरदैलोमा पुग्दा साँसद शर्मासंग जनताले सडक, खानेपानी, विद्युत र रोजगारीको समस्या सामाधान गर्न माग गरे ।

 

साँसद शर्माले आफुहरु जनताको आवश्यकता पुरा गर्न दत्तचित्तका साथ लागिपरेको वताउनुहुन्छ । साँसद शर्माले रुकुमको विकास र समृद्धिका लागि अहिले स्थानिय तहहरुले जनमुखी कार्यको थालनी गरेको आफुले पाएको वताउनुभयो । उहाँले चौरजहारी नगरपालिकाले भेरी नदीको पानी लिफ्ट गरेर मुख्य वजारमा खानेपानीको आपुर्ति व्यवस्था गरेर नमुनायोग्य काम गरेको वताउनुभयो ।

सडक क्रान्तिका रुपमा चर्चा पाएको पश्चिम रुकुमका टोलटोलमा सडक, विद्युुत, संचार सेवा पुर्याउन स्थानिय तहहरु लागि परेको पनि उहाँको भनाई छ । त्यसैगरि रोजगारीको समस्या सामाधानको लागि स्वरोजगारको नीति अवलम्वन गरि स्थानिय तहका सरकारले काम थालनी गर्नुपर्ने, ठुला परियोजना सञ्चालन गरि जनताको श्रम र वित्तिय शेयर लगानीको वातावरण निर्माण गर्नुपर्ने आवश्यकता रहेको उहाँले वताउनुभयो । हेरौं साँसद शर्माको एकहप्ते घरदैलोका केही झलकहरु ः





error: Content is protected !!