डाक्टर नहुँदा दुई दिन देखि पोष्टमाटम हुँन सकेन

काली थापा
जाजरकोट ः यहाँको बारेकोट गाउँपालिका वडा २ का नन्दवीरे नेपालीको लास दुई दिन देखि पोष्टमार्टम नहुँदा समस्य भएको छ ।
स्वास्थ्य चौकी लिम्सामा डाक्टर नहुँदा दुई दिन देखि नेपालीको लासलाई पोष्टमार्टम गर्न नसकिएको हो । फागुन २० गते स्थानीय नरेन्द्र घर्तीको मीत लगाउने ठाउँमा गएर घर फर्कने क्रम्म वडा २ कै सेरी भिरमा लडेर विकको फागुन २२ गते वेलुका लडेर मृत्यू भएको थियो । दुई दिन देखि विकको लास स्वास्थ्य चौकीमा ल्याएर राखिएको भएपनि डाक्टर नहुँदा पोष्ट माटम हुँन नसकेको स्थानीय विष्णु ज्योतिले वताउनुभयो । बारेकोट गाउँपालिकाको मुटुमा रहेको स्वास्थ्य चौकी लिम्सामा करिव १ महिना देखि डाक्टर नहुँदा उपचारमा समेत समस्य हुँदै आएको छ ।
दुई जना एमविविएस डाक्टरको दरवन्दी भएपनि हाल स्वास्थ्य चौकी डाक्टर बिहिन हुँदा समस्य भएको ज्योतिले वताउनुभयो । नलगाड नगरपालिकाको दल्ली स्वास्थ्य चौकीवाट डाक्टर लिएर पोष्ट मार्टम गर्ने तयारी भएको ज्योतिको भनाई छ ।








