बसमा घरेलु मधिरा ढुवानी

हेमन्त के सी
काठमाण्डौँ । , २० फागुनः जाजरकोट डोल्पा सडक खण्ड भित्र चल्ने वसहरुमा घरेलु मधिरा ढुवानी हुँने गरेको छ । प्रहरी चौकीहरु नजिक नभएको ठाउँवाट घरेलु मधिरा उत्पादन गरि मुख्य , मुख्य वजारमा लिने गरिएको हो ।
जाजरकोटको रिम्नाबजार, कालीमटी , रुकुम आठबिसकोट नगरपालिकाको राडी र सिमवजार लगाएतका ठाउँमा घरमा उत्पादन गरिएको मधिरा यात्रुवहाक बसमा पलाष्ट्रिक जर्टिकमा प्याक गरि बजार सम्म ल्याउने गरिएको छ । यातायात सञ्चालन नहुँदा बालवालिकालाई बोकाएर बजारमा ल्याउने गरिथ्यो भने अहिले बसमा राखेर बजार सम्म ल्याउने कार्य भएको आठबिसकोट नगरपालिका १४ का जीतबहादुर पुनले बताउनुभयो । आठबिसकोटको चौर,गर्तासैना, चिसापानि, भल्मा,छेपारे लगाएतको ठाउँमा प्रहरी चौकी नहुँुदा यहाँका स्थानीयलाई घरेलु मधिरा उत्पादन गरि बजार सम्म ल्याईपुर्याउन सजिलो भएको छ । प्रति धार्नी २ सय रुपैयाँमा बिक्री हुँने गरेको राडीबजारका होटल सञ्चालकहरु बताउँछन् ।
सडक छेउछाउँका अधिकांश स्थानीयबासीहरु मधिरा उत्पादन गरेरै गुजरा चलाउँदै आएको होटल ब्यावसायी कालीबहादुर चन्द बताउँनुहुन्छ । घरेलु अन्न भरी मधिरा उत्पादनमा प्रयोग हुँने गरेको चन्दको भनाई छ । छेपारी देखि राडी बजार सम्म कत्तै पनि प्रहरी चौकी नहुँदा उत्पादित मधिरा सजिलै बजार सम्म आउँने गरेको छ । यी क्षेत्रहरुमा बजार अनुगमण समेत नहुँने गरेको सरोकारवालाको भनाई छ । बजार अनुगमणको जिम्म पाएको स्थानीय सरकार आठबिसकोट नगरपालिका र नलगाड नगरपालिकाले बजार अनुगमण नगर्दा विक्री मौलाएको स्थानीयवासीहरुको आरोप छ ।
तस्विर पनि उपलव्ध छ ।








