व्यापक आलोचनापछि जनार्दन शर्माले चाले यस्तो कदम

काठमाण्डौँ – पूर्वगृहमन्त्री जर्नादन शर्माले नेपाल प्रहरीको अगुवा गाडी फिर्ता गरेका छन् । शर्मा बहालवाला गृहमन्त्रीकै हैसियतमा अगुवा र पछुवा गाडी लिएरर हुँइकिरहेको भन्दै व्यापक आलोचना भएपछि उनले अगुवा गाडी फिर्ता गरेका हुन् ।

पूर्वमन्त्रहिरुलाई पछुवा गाडी सशस्त्र प्रहरीको सुविधा रहन्छ तर, अगुवा९नेपाल प्रहरी०को गाडीको सुविधा बहालवाललाई मात्र रहन्छ उनले प्रयोग गर्दै आएको बा झ ५५५३ नम्बरको गाडी दुई दिनअघि मात्र फिर्ता गरेका हुन् । शर्माले विनाविभागीय बनाइएको ८६ औं दिनमा पुस २८ गते पदबाट राजीनमा दिएका थिए ।





error: Content is protected !!