सुर्खेतमा ट्याक्टर दुर्घटना : तीन जनाको मृत्यु, दुई घाइते

सुर्खेत– सुर्खेतको पूर्वी गुर्भाकोट नगरपालिका मालारानीको कोटखोला नजिक ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मालारानीको खरिगैरा बजारबाट सरिया लिएर सहारे जाँदै गरेको भे १ ख ६१६८ नम्वरको ट्याक्टर कोटखोला नजिक पल्टिदा चालक सहित तीन जनाको घटना स्थलमै मृत्यु भएको हो । घटनामा दुई जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।मृत्यु हुनेहरुमा गुर्भाकोट–८ मेहेलकुना खटांगका फत्तवहादुर विक, शशिराम विक र नारायण खत्री रहेका छन् । घाइतेको मेहलकुना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।










