गाउँ गाउँमा विरामी तर स्वास्थ्य संस्थामा औषधी छैन्

जाजरकोट ः यहाँको दुर्गम पहाडामुलसाम र मुलसाममा भाईरलका विरामी वढेका छन् । गाउँमा विरामी वढेपनि सामुदायिक स्वास्थ्य चौकी मुलसाममा औषधी नहुँदा उपचारमा समस्य भएको छ ।
जिल्लाको बारेकोट गाउँपालिका वडा ३ का दुइ गाउँमा समस्य भएको हो । लिम्सा स्वास्थ्य चौकीवाट औषधी नलिदा औषधी अभाव भएको बारेकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरराज सिंहले वताए । स्थानीय दिपेन्द्र मावि मुलुसामका शिक्षक भुमिलाल रोकाय दिएको जानकारी अनुसार गाउँ गाउँमा विरामीको चाप छ तर स्वास्थ्यमा औषधी नहुँदा समस्य भएको छ । एकै घरमा भाईरलका ४ भन्दा वढी विरामी भएको कारण निकै समस्य भएको हो ।
सामुदायिक स्वास्थ्य चौकीमा विरामीको चाप भएपनि औषधी अभावका कारण उपचार हुँन सकेको छैन । मुलसामवाट लिम्सा स्वास्थ्य चौकीमा आउँन मात्र ६ घण्टा लाग्ने गर्दछ । अपठ्यारो वाटोका कारण आउँन जाँन मात्र दुई दिन लाग्ने गर्दछ । यता जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामवहावदुर नेपालीले तुरुन्त वुझेर औषधी व्यवस्थापन गरिने वताउनुभयो ।










