डोल्पा सदरमुकाम दुनैबाट बिप्लबका कार्यकता पक्राउ

दुनै(डोल्पा) ८ फागुन
बिप्लब माओबादीका जिल्ला अर्थ बिभाग सदस्य तथा जिल्ला कमिटी सदस्य तथा गोकर्ण थापा पक्राउ परेकाछन् ।
मंगलबार बिहान सदरमुकाम दुनैबाट थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
थापालाई बिप्लब माओबादीले आहन गरेको नेपाल बन्दमा सक्रिय हुनसक्ने तथा सरकारी सम्पती माथ हानि नोक्सानी पु¥याउनसक्ने योजना भएको बिशेष सुत्रबाट पत्तालागेकाले उनलाई पक्राउ गरिएको जिप्रका डोल्पाका प्रहरी नायव उपरिक्षक हरी प्रसाद शर्माले जानकारी दिनुभयो ।
थापाको अनुसन्धान भईरहेकाले भोलीनै रिहाई गर्छौ भनेर भन्न नसक्ने शर्माले बताउनुभयो ।










