म सरकारमा सहभागी हुने छ आधारः सांसद बुढा

दुनै(डोल्पा) ८ फागनु
डोल्पाका सांसद धन बहादुर बुढाले केन्द्रिय सरकारमा सहभागिता जनाउन पाउने छ वटा आधार रहेको बताउनुभएको छ ।
नेकपा एमाले डोल्पाबाट प्रतिनिधि सभामा अत्याधिक मत सहित बिजय भएका सांसद बुढाले पत्रकारसँगको कुराकानिमा यसो भन्नुभएको हो ।

उहाँले भन्नुभयो “डोल्पाली जनताले स्पष्ट रुपमा खसेको मतको आधारमा नेपाल भरि नै सबै भन्दा बढी ७७ प्रतिशत मत दिएर पठाई सकेका छन्,यसको आशय के बुझिन्छ भने मन्त्री बनाउनको लागी नै हो,“अर्काे कुरा नेकपा एमालेका आदरणीय नेता गणहरुले डोल्पा जिल्लालाई धेरै माया गर्नुहुन्छ”

मूल्याङ्कन गर्ने आधारहरु यस प्रकार छन् ः

१. डोल्पा जिल्ला सबै भन्दा पिछडिएको क्षेत्र हो ।
२. म आफै जनजाती हो ।
३. इतिहासमै कर्णालीमा पटक पटक मन्त्री माननीय भएका छन् तर दोहो¥याएर विजयी भएको मेरो नै पहिलो रेकर्ड हो ।
४. स्थानीय तहको चुनावमा प्रदेश सभाको चुनाव प्रतिनिधि सभाको चुनावमा पनि नेपालको सबै भन्दा बढी प्रतिशत मतल्याएर विजयी हुने जिल्ला डोल्पा नै हो ।
५. अहिले सम्म नेकपा एमालेका तर्फबाट डोल्पाले अहिले सम्म मन्त्री पाएको छैन ।
६. नेकपा एमालेको ६ नं प्रदेशबाट दोहो¥याएर चुनावमा विजयी भएको म नै पहिलो व्यक्ती हो ।

रामचन्द्र न्यौपाने





error: Content is protected !!