डोल्पाली जनताको भारी मतः मन्त्री बन्ने आधार !

दुनै(डोल्पा) ७ फागुन डोल्पाका सांसद धन बहादुर बुढाले मन्त्री बन्ने ईच्छा ब्यक्त गर्नुभएको छ ।आफ्नो मन्त्री बन्ने चाहना रहर नभई आवाश्यक्ता भएको उहाँको भनाई छ ।

नेकपा एमालेबाट प्रतिनिधि सभामा भारी मतका साथ बिजयीहुनु भएका सांसद बुढाले पत्रकारसँगको भेटघाटमा यसो भन्नु भएको हो ।
अब बन्ने मन्त्री मण्डलमा कर्णालीजस्तो पिछडिएको क्षेत्र त्यसमा पनि अझ पिछडिएको जिल्ला डोल्पाबाट केन्द्रिय सरकारमा आफुले प्रतिनिधित्व गर्न पाउनुपर्ने उहाँको दाबी छ ।

“डोल्पाली जनताले लगातार दुई पटकसम्म अत्याधिक मतले जिताए,अब उनीहरुको चाहना डोल्पाको प्रतिनिधित्व गरेर मन्त्री भएको हेर्ने छ,उहाँले भन्नुभयो ।

“कर्णालीको प्रचुर सम्भावना,समस्या पहिचाहान गरी दिगो बिकासकालागि स्थानीय मान्छे नै धेरै परिचित हुन्छ”।
“त्यसोत केन्द्रियस्तरबाट निति निर्माण तथा बजेट विनियोजन गर्नसमेत कर्णालीबाट केन्द्रिय सरकारमा जिम्मेवारी पाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

“मैले भन्नु भन्दा पनि डोल्पाली जनताले दिइको ७७ प्रतिशत मत नेपाल भरीनै सबै भन्दा धेरै मत प्रतिशत हो,यसको आशय मन्त्री बनाएर डोल्पाको समग्र बिकास गर्ने भन्ने बुझेको छु बुढाको भनाई छ ।

यतिमात्र नभई डोल्पा देशकै सबैभन्दा पिछडिएको जिल्ला हो,समानुपातिक समाबेशी सिद्धान्त अनुसार पनि डोल्पाले केन्द्रिय सरकारमा मन्त्री पाउनु पर्ने उहाँको दाबी छ ।

ईतिहासमै कर्णालीबाट पटक–पटक मन्त्री माननीय भएपनि भारी मतकासाथ दोहो¥याएर विजयी भएको मेरो पहिलो रेकर्ड हो,पार्टीले पनि डोल्पाली जनताको आशा,विश्वास र मतको कदरगर्दै मलाईनै प्राथामिकताका साथ केन्द्रिय सरकारमा  शिफारिष् गर्छ भन्ने कुरामा ढुक्क छु उहाँले भन्नुभयो ।

दोस्रो संविधान सभामा सांसदहुँदा डोल्पामात्र नभई कर्णालीको बिकासकोलागि थुप्रै काम गरेको छु,अब पनि कर्णालीको प्रतिनिधित्व गर्दै मन्त्री भएभने समग्र कर्णालीको बिकासकोलागि अहोरात्र लाग्नेछु उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

रामचन्द्र न्यौपाने





error: Content is protected !!