प्रजाको तन्त्र आउदैन आएन यहाँ

प्रजाको तन्त्र आउदैन आएन यहाँ
नेताको तन्त्र मात्रै हो आएको
रोग भोग गरिबी अति छ हजुर
छाडा तन्त्र मात्रै हो आएको
सडक पेटि, कुना र कन्दरा भोक्कै छन
सुकिला मुकिलाहरूले मात्रै हो खाएको
को कम को बढी तौलमा होलान है
नियति त बारबार मात्रै हो यिनको
शिक्षा स्वास्थ्यको नारा देखाउनलाई हो
चपाउनलाई दाँत भित्र मात्रै हो
जे भएनी वीर सपुतको उपलब्धि हो
अहिलेसम्म बाडि खाने अरूले मात्रै हो
अमर रहुन वीर विरंगानाहरू देश बचाउने
म त प्रजातन्त्रको शुभकामना दिने मात्रै हो
तिलकवहादुर खत्री





error: Content is protected !!