वालवालिकाले खोप नपाएको गुनासो

जाजरकोट , ५ फागुन ः यहाँको नलगाड नगरपालिका वडा २ का वालवालिकाले नियमित खोप नपाएको गुनासो गरेका छन् ।
स्वास्थ्य चौकी (क) डाडागाउँमा २५ जना वालवालिका लिएर खोपका लागि गएपनि खोप नहुँदा खाली फर्किएको लक्ष्मी रावलले वताउनुभयो । विहानै देखि वेलुका सम्म खोप लगाउनका लागि कुरेर वसेपनि खोप नहुँदा नियमित खोप छुटेको रावलले वताउनुभयो ।
यो भन्दा अघेल्लो पटक पनि खोप छुटेको रावलले जानकारी दिनुभयो । प्रत्येक महिना नियमित खोप लगाउने गरिन्छ । नियमित खोपका लागि औषधी पठाएपनि किन त्यस्तो भयो भन्ने वारे वुझने दल्ली स्थीत स्वास्थ्य चौकीका तप्त विकले जानकारी दिनुभयो । स्थानीयका अनुसार स्वास्थ्यकर्मीहरु नियमित स्वास्थ्य संस्था नआउँने समस्य रहेको छ ।





error: Content is protected !!