हिरा फलाउने प्रदेश कहिले पनि गरिव हुँन सक्दैन् , राज्यको हेराई नै गलत हुँदा यो प्रदेश गरिव वन्न पुगेको हो – पहाडी

कर्णाली क्षेत्रलाई हिराको रुपमा सुचिकृत गर्ने कर्णालीकै छोरी , जसको ईतिहास नै संर्घषमा वित्यो । पछाडी पारिएका वर्गको उन्नती र प्रगतीका लागि जेल ,नेल खानु पर्यो । आफ्ना काखमा रहेको नावालक सन्तालाई मायाको मुटुवाट अलग गराई देश र मुलकको मुक्तिको खातिर वन्दुक र वारुद्ध संग साईनो गाँस्दै मृत्यू संग नडराई निरन्तर आफ्नो कर्ममा जुट्यो उहि व्यक्ति संग भेरीखवर मिडियाले केही विकास, केही संवृद्धीका सपना संग जोडिएका योजना जनता सम्म पुर्याउने कोषिस गरेका छौँ । हामीलाई लाग्न सक्छ एउटा नारी जसको ईतिहास कठिन पुर्ण छ , जसले कहिले पनि सुख अनि आनन्द संग सास फेर्न सकेन उनै व्यक्ति हुँन सत्य पहाडी । डोल्पा जस्तो विकट जिल्लामा जन्मिएर राज्यको अधिकार मागेर होईन , खोसेर हातमा लिई आफ्नो ईतिहास कार्यम गर्न सक्ने साहस , अनुभव वटुलेकी पहाडी पुर्व शान्ति मन्त्री हुँदै अहिले फेरी प्रतिनिधीसभा सदस्यमा समेत निर्वाचित हुँनुभयो । हामी उहाँलाई सुरुमा यसरी कुरा गरौँ ।


६ नम्वर प्रदेशलाई आर्थिक सामाजिक दृष्टिकोणले कम्जोर र भौगलिक रुपमा विकट मानिन्छ कर्णाली क्षेत्रकै नेतृ भएको हिसावले तपाई संग प्रदेशको विकासका लागि के योजना छ ?
विशेष गरि राज्यको पुर्ण संरचनाको हिसावले ६ नम्वर प्रदेश कान्छो प्रदेशको रुपमा मानिन्छ । तै पनि राज्यको सम्पुर्ण आय स्रोत ,प्रकृतिक स्रोत ,जलस्रोत, जडीवुटी लगाएतका हिसावले हेर्दा ६ नम्वर प्रदेश धनि प्रदेश हो । प्रकृतिक स्रोत साधनले भरिपुर्ण प्रदेशको रुपमा मैल लिएको छु । हिजोको केन्द्रिकृत राज्य व्यवस्थाले कर्णालीलाई लगानी नगरेर मात्र पछि परेको भन्ने मेरो सोचाई हो ।
सवै भन्दा ठुलो कुरा यहाँको स्रोतहरु राम्रो छ । जडिवुटी,वनजंगल, खोला,नाला, आदिका कारण ६ नम्वर प्रदेश जलविद्युतको हर्व मानिन्छ । पर्यटकिय हिसावले हेर्दा ६ नम्वर प्रदेशमा रमणीय क्षेत्रहरु छन् । फोक्सुण्डो ताल ,राराताल, उत्तरमा चाईना संग सिमाना जोडिएको र प्रकृतिक रुपमा अत्यन्तै रमणीय छ । प्रकृतिक हिसाव र जलस्रोतको हिसावले ६ नम्वर प्रदेश हिरा फलाउने माटो रहेको यहि प्रदेश हो । हिरा फलाउने प्रदेश कहिले पनि गरिव हुँन सक्दैन् , राज्यको हेराई नै गलत हुँदा यो प्रदेश गरिव वन्न पुगेको हो ।
भेरी करिडोर मार्फत उत्तर ,दक्षिण जोड्ने काम हुँदै छ । हिल्सा हुँदै सुर्खेत अनि रोपैडिया र यहि मार्ग हुँदै डोल्पा दुनै हुदै मरिम्ला तिव्वत सम्म सडक लिन सकिने योजना कार्यान्वयन भईरहेको छ । भर्खरै मात्र अहिले तीन वटा राष्ट्रिय महत्वका योजना रुपमा हाईडोपावर काम भईरहेको छ । जस्तै जगदुला हाईडोपावर, कर्णाली १ हाईडोपावर ,नलगाड जलविद्युत लगाएतका महत्वुर्ण हाईडोपावर कार्यान्वयन हुँदै छन् । हुम्ला र डोल्पा पनि करिव ,करिव सडक सञ्जालले जोडिन थालिसकेको छ । भेरी करिडोर मार्फत छिन्चु ,जाजरकोट, डोल्पा हुँदै तिव्वत जोड्ने योजना तिव्र गतिमा भईरहेको छ । यो वर्ष भित्र डोल्पाको दुवै सम्म सडक पुग्छ । यार्सागुम्वा लगाएतका जडिवुटीलाई व्यवस्थित गर्न सकियो भने कर्णालीलाई संम्वृद्धी वनाउन सकिन्छ । त्यो व्यवस्थीत गर्ने योजना हामी संग छ ।
२, कति समय यो प्रदेशलाई केन्द्रले सहयोग गर्नुपर्ने हो ?
मलाई लाग्छ , अहिले पनि कर्णालीवाट केन्द्रमा जम्म भएको राजस्व छ , त्यो हिसावले कर्णालीमा भएको लगानी केही होईन भन्ने लाग्छ । राज्यले हिजो राजतन्त्रात्मक समय देखि अहिले सम्म कर्णालीमा राज्यले गरेको लगानि हेर्दा देशको अन्य ठाउको एक वडामा गरेको जति पनि लगानी छैन् । ३० वर्ष सम्म केन्द्रले कर्णालीलाई सहयोग गरेमा पनि त्यो रिण केन्द्रले तिर्न सक्दैन भन्ने लाग्छ । तर यति भन्दा भन्दै पनि कर्णाली प्रदेशमा सहि रुपमा वजेट विनियोजन गरि लागु गर्न सकियो भने यहाँको संम्वुद्धी टाढा नभएको म देख्छु । मलाई लाग्छ कर्णालीको स्रोत ,साधनलाई सहि रुपमा प्रयोग गर्न सकियो भने केन्द्रले यो प्रदेशलाई हेरिरहनु पर्छ जस्तो लाग्छ ।
३, यो प्रदेशको विकासका लागि तपाईका प्राथमिकता के के हुँन् ?
हामी संग धेरै सपना थिए । देश परिवर्तन होस भन्ने थियो त्यो सपना पुरा भएको छ । जनयूद्ध,जनआन्दोलनले यो परिवर्तन भएको छ । व्यवस्था परिर्वतन भएको छ । राज्य पुर्ण संरचना भएको छ तर जनताको अवस्था परिर्वनत भएको छैन् ,त्यो जनताको अवस्था वदल्ने योजना छ मेरो । जव जनतामा मेरो देश, राष्ट्र मेरो हो भन्ने भावना आत्म देखि जागृत हुन्छ त्यो सम्भव छ । आपसी खिचातानीले गर्दा हामीले हाम्रो भन्न पाएका अवस्था रहेन ।
यो देशमा धेरै परिवर्तन भए तर जनतामा त्यो राजनीतिक परिर्वनतको महसुस हुँन सकेन , त्यो महसुस गराउन सक्नु सवै भन्दा ठुलो कुरा हो । किनकी यो देशमा राजनीतिक अस्थीरता छाईराख्यो , त्यो अवस्थाको अहिले अत्यन्त भएको छ । अव हामी जनताको माझमै स्थायी सरकारको महान सपनाको वीचमा छौँ । त्यो पुरा हुन्छ , यो मेरो प्रतिवद्धता हो ।
४, प्रदेश ६ मा प्रशस्त स्रोत हुँदा हुँदै राजनीति ईच्छा शक्तिका साथै दक्ष जनशक्तिको अभावमा ती स्रोतहरु उपभोग हुँन सकेको छैन ,तपाई संग उपभोग गर्ने रणनीति योजना के छ ?
यो भन्दा पहिले हामीले सोचेका जति काम गर्न सकेनौ , त्यसैले सुन्दर कर्णालीको विकास नभई देशको विकास हुँन सक्दैन । उत्पीडित वर्ग,लिङ्ग,जाती , राज्यको मुल प्रवाहमा आउँनु पर्छ । अनि मात्र सवैको अपनत्व हुन्छ भन्ने लागेरै हामीले त्यो अधिकार संविधानमा लेखाऔँ । स्थानीय स्रोत साधन प्रयोग गरि स्थानीय समुदायको उन्नती गर्ने जो अभ्यास हामीले गरेका छौँ त्यो एउटा उपलव्धी हो । स्थानीय सत्तालाई जनताको आवश्यकता ढाल्ने काम भईरहेको छ । कृषि, उद्योग, पर्यटन विद्युतलाई प्रयोग गर्ने लगाएतका काम अगाडी वढाउने काम हुँने छन् ।
स्वास्थ्य ,शिक्षा , लगाएतका काम भईरहेका छन् । हाम्रो गाउँमै जडिवुटी मिसिएको मिर्नरल वाटरका मुलहरु छन् , त्यसलाई उपयोग गर्न सकियो भने हामी धनी वन्न सक्छौ । यस प्रदेशमा सव थोक छ त्यसलाई परिचालन गर्ने नीति र योजना चाहिएको हो त्यो वन्दै छ । हामी वनाउँदैछौँ । हामीलाई चाहिने खालको शिक्षाको विकास गरि अगाडी वढ्ने र त्यस्ता खालका विद्यालय खोल्ने काममा हाम्रो ध्यान केन्द्रित छ । देश भित्र रोजगारीको अवस्था नभएर विदेशिनु भएका दाजुभाई, दिदी ,वैनीलाई वोलाएर उहाँहरुलाई रोजगारी सिर्जना गरि देश विकास गर्ने खाका हामी वनाउँदैछौँ । क्षमता अनुसारको रोजगारी सिर्जना गरि अगाडी वढ्ने योजना छ ।
५, ६ नम्वरको हुम्ला , मुगु र डोल्पा मा भएका नाँकाहरु खोली चीन संग व्यापारिक नाँका वनाउन केही सोच्नुभएको छ ?
दुई देशलाई जोड्न सकिने महत्वपुर्ण भुभाग भनेको ६ नम्वर प्रदेश नै हो । रणनीतिक सडक भेरी करिडोरलाई चाइना संग जोड्ने काम हुँन्छ । दाङ ,सल्यान,जाजरकोट,जुम्ला,हुदै रारा र डोल्पा हुँदै चााइना जोड्ने काम सुरु हुँदै छ । त्रिवेणी सानीभेरीको किनार हुँदै नर्कु, सरर्मी ,काईगाउँ वाट फोकसुण्डो वाट तिव्वतको क्याटो जोड्ने योजना छ । हिल्सावाट तिव्वत सडक अनि सुर्खेत जोड्ने सडकको विकास हुँदै छ ।
६, यहाँका विमानस्थलहरु सञ्चालनमा ल्याई यहाँका नागरिकले सहज यात्रा कहिले गर्न पाउलान ?
विकासका लागि विमानस्थल चाहिन्छ नै । भएका विमानस्थललाई स्तर उन्नती गर्ने विषेश योजना वनाइने छ । ठुला विमानस्थल निर्माणका लागि अनुगमण भईरहेको छ ।
७ ,कर्णालीको खाद्यान्न र स्वास्थ्य कुरा वढी उठ्छ यसको न्यूनिकरणका लागि केही योजना छ ?
कतिपय कुरा भएका भन्दा नभएका कुरा वढी आएको जस्तो लाग्छ । स्वास्थ्य,शिक्षा, खानेपानि लगाएतका कुरामा केन्द्रले ध्यान दिन नसकेको साँचो हो । रुढीवादी परम्परालाई अन्त्य गरि जागरण ल्याउन जरुरी पनि छ । प्रदेश सरकारले योजना वनाई सहि रुपमा काम गरेमा सवै कुरा हल गर्न सकिन्छ । काठमाण्डौँको ठुला ठुला डिपार्टमेन्टमा कर्णालीकै खाद्यान्न विक्री भईरहेको हुन्छ । त्यो सवै लाई सहि रुपमा प्रयोग गर्न सकियो भने र सहि वितरण गर्न सकियो भने नतिजा पनि सहि आउँछ ।
हामी भन्दा जेठो अन्न खाएर हाम्रो प्रगति हुँदैन । प्रारम्भिक वाल विकासको अवस्था सुधारका लागि योजना राज्यले वनाउन सके हाम्रो स्वास्थ्य सोचेकै जस्तै हुन्छ । हामीले परिवर्तनका लागि गरेका थियो । जीवनको प्रवाह नगरि जनमुक्तीको लागि हामी लडेका थियो । त्यसको फलस्वारुप हामीले परिवर्तन पाएका छौँ । संविधानमा मौलिक हक लेखिसकेपछि अव कार्यान्वनको दिशा तीर हामी गएका छौँ । ठाउँ ठाउँमा रहेका स्वास्थ्य संस्थाको स्तर उन्नतीको काम सुरु भएको छ । नयाँ ठाउँमा स्वास्थ्य संस्था थप्ने काम पनि सुरु भएको छ ।





error: Content is protected !!