चुनावमा विमानस्थलको नारा मात्र हो की ?

जाजरकोट । अत्यन्तै भिरालो र कडा भु वनोट रहेको जाजरकोटमा अझै जिल्ला भरी सडक सञ्जालमा जोडिएको छैन् । ७ स्टा स्थानीय तह मध्ये बारेकोट गाउँपालिका , जुनिचाँदे गाउँपालिका कुनै भाग पनि यातायात सञ्चालनमा छैन् । अन्य ५ स्थानीय तहका केही भागमा मात्र कच्ची सडक सञ्जालले जोडिएको छ । हिउँद याममा मात्र मुस्किलले आशिंक रुपमा यातायातका साधनहरु चल्ने गर्दछन् । जिल्लामा सडक सञ्जाल पुरै भागमा सञ्चालन नभएपनि छिटो छरितो रुपमा सञ्चालन हुँने हवाई मार्गले समेत जाजरकोटलाई छोएको छैन् ।
चुनावका समयमा जाजरकोटको काफलचौर , रामीडाडालाई विमानस्थल वनाउँने भनि आफ्नो प्रतिवद्धता पत्रमा उल्लेख गर्ने नेताहरुले अहिले सम्म सामान्य रेखाकंन सम्मा गर्न सकेका छैन्न । रुकुमको चौरजहारी विमानस्थललाई जाजरकोटले प्रयोग गदै आएको भएपनि त्यो पनि अहिले वन्द अवस्था रहेको छ । जाजरकोटवासीले हवाई यात्रा गर्नका लागि नेपालगन्ज नै जानुपर्ने वध्यता छ । जाजरकोटमा विमानस्थल कहिले वन्छ भन्दै नेतालाई प्रश्न गर्ने जनताका ठुलै ताती भएपनि आवश्यक काम हुँन सकेको छैन् । जिल्लामा मध्यपहाडी लोकर्मा , जाजरकोट डोल्पा सडक सञ्जालले जोडिएपनि कच्ची सडकका कारण यहाँका स्थानीयहरु हिउँद याममा मात्र गाडी चढ्ने गरेका छन् ।
हिउद याममा धुलामे सडक र वर्षायाममा हिलाम्य हुँदा वर्षेनी जाजरकोटवासीले पिडा दायक यात्रा गर्न वाध्य छन् । जाजरकोट अस्पतालवाट आक्सिमक रुपमा वाहिर पठाएका विरामी हुँन ए , ठुला दुर्घटना हुँदा तत्काल लिनुपर्ने विरामी हुँन् सवै ६ सदरमुकामवाट ६ घण्टा गाडीमा राखेर नपालगन्ज लिनुपर्ने वाध्यता रहेको छ । जिल्लाका हल्चौर, रामीडाडा, ढिमे, कुदु, काफलचौर, लगाएतका दर्जन वढी ठाउँमा विमानस्थल वन्न सक्ने ठाउँ हुँदा हुँदै राज्यले ध्यान नदिदा विमानस्थल वन्न सकेको छैन् ।










