शे–फोक्सुन्डो तालको गहिराई पुनःमापन हुने

दुनै(डोल्पा) डोल्पामा पर्ने नेपालकै सबैभन्दा गहिरो शे–फोक्सुन्डो तालको गहिराई पुनःमापन गरिने भएको छ ।
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्ने ६ सय ५० मिटर गहिरो उक्त तालको गहिराई पुनःमापन गरिने जल तथा मौसम बिज्ञान बिभागले जानकारी दिएको छ ।
उक्त तालको गहिराई मापन पहिलो पटक बि.स २०३६ सालमा भएको भनिएतापनि हाल यसको तथ्याङ्क कतै भेटिएको छैन् ।
सन् २००४ मा ब्याथीमेट्रीक सर्बे बिधिबाट बैज्ञानिक अध्ययन् गर्दा उक्त तालको जम्मा गहिराई १ सय २५ मिटर मात्र भएको तथ्याङ्ग जल तथा मौसम बिज्ञान बिभागमा पेश गरिएपछि नेपालको गहिरो ताल नभएको भनेर बिबादमा आएको थियो ।
दुर्गम जिल्लाका सर्बसाधारणलाई जानकारीनै नदिई छलकपट गरि बिभागका कर्मचारीको मिलेमतोमा तालको गहिराई मापन गरिए नेपालको गहिरो ताल नभएको भनेर प्रचार गरिएको भन्दै स्थानीयले आपत्ती जनाएका छन् ।
रामचन्द्र न्यौपाने










