पुरुष प्रधान देश नेपाल तर गुल्मीमा महिलाद्वारा एक पुरुष बलात्कृत।

गुल्मी । तपाईले पुरुषबाट महिला बलात्कृत भएको समाचार त धेरै सुन्नु भएको होला। तर, महिलाद्वारा पुरुष बलात्कृत भएको घटना भने बिरलै सुन्नु भएको हुन सक्छ। यस्तो घटना त्यो पनि नेपाल जस्तो पुरुषप्रधान देशमा त्यो त कसैले कल्पना सम्म पनि गर्न सक्दैन।
तर, केहि दिन पहिले यस्तै घटना नेपालमै घट्यो। सम्भवत नेपालमै पहिलो पटक एक महिलाले एक पुरुषलाई बलात्कारको प्रयास गरेको घटना पश्चिम नेपालको गुल्मीमा घटेको छ । यो घटना माघ १ गतेको हो तर हालै मात्र यस घटनाको खुलासा भएको हो । भर्खरै खुलासा भएको घटना अनुसार धुर्कोट गाउँपालिका वडा नम्वर ४ जैसीथोको वडा कार्यालयमा र धुर्कोट वस्तु प्रहरी चौकीमा एक महिलाले पुरुषलाई वलात्कारको प्रयास गरेको उजुरी परेको छ ।
वडाध्यक्ष मानबहादुर कुँवरसंग सम्पर्क राख्दा उनिहरुको नाम गोप्य राखी दिन आग्रह गरे । उनका अनुसार दुवै जना ४० वर्ष उमेर नाघेका महिला र पुरुष हुन । ति पुरुष छिमेकीको घरमा गएका थिए । जुन घरको एक कोठामा तिन जना महिलाहरु थिए । ति मध्येकी एक महिलाले ति पुरुषको लिङ्गमा स्पर्श गर्न सुरु गरेको र पछि अध्याधिक उन्मादमा आई जोड संग लिङ्ग बटारी दिएको ति पुरुषले बताएका छन् ।
वडाध्यक्ष कुँवरका अनुसार लिङ्गमा गम्भीर असर परेपछि उनलाईै जिल्ला अस्पताल तम्घासमा ल्याईएको थियो । तम्घासबाट रिफर भई उनि अहिले भरतपुर अस्पतालमा उपचार गराई रहेका छन् । स्थानियका अनुसार उनी एकदमै सोझा व्यक्ति हुन् । दुई वटी श्रीमति विवाह गरेर पनि उनले वास्ता नगरेपछि ति महिलाहरुले छाडेर भाई वुहारीहरुसंग वसेका छन् ।उनको यौन शक्ति परिक्षणका लागि पनि उन्मत्त महिलाले उनको लिङ्ग स्पर्शको प्रयास गरिएको हुन सक्ने स्थानियको अनुमान छ । धुर्कोट वस्तु प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक शेरबहादुर थापासंग सम्पर्क राख्दा उनले त्यस्तो उजुरी परेको बताए ।
-तिनौ खबरबाट





error: Content is protected !!