आफ्नो जन्म दिनको अवसरमा गोर्खाकी शकुन गुरुङले जाजरकोटको विधालयमा अक्षय कोष स्थापना गर्ने

हेमन्त पुन
आज काम सकेर रुममा आउने बित्तिकै एउटा कल आयो । कल उठाउने वित्तिकै के छ भाई हाल खबर भन्नुभयो।मैले अभिवादन व्यक्त गर्दै सबै हालखबर सुनाउन नपाउदै, शकुन गुरुङ दिदीले आज मेरो जन्मदिन परेकोले जाजरकोट जिल्लामा केहि सहयोग गर्न चाहन्छु। भन्दै कोषको बारेमा म संग कुरा राख्नु भयो।
…..र मैले …जन्मदिनको लाखौलाख शुभकामना दिंदै दिदि प्रति कृतज्ञता प्रकट गरें। किनकि जाजरकोटमा केहि सहयोग गर्न लागेको कुरा सुन्दा म जाजरकोटको त्यही बस्तिमा पुगेर तिनै बालबालिकाहरु जुन कापीकिताब साथै एकसरो कपडा पनि लगाउन नसकेर विधालय बाहिर रहि ज्ञानको ज्योतीबाट वन्चित रहेका अनुहार हेरिरहेको अवस्थामा पाएँ।
थोरै मात्र मान्छेले आफ्नो लागी मात्र होईन अरुको लागी पनि केहि गरौ भन्ने सोच राख्दछन। त्यसमा आफ्नो जन्मदिनको अवसर पारेर आफ्नो जन्मदिनमा एउटा सामाजिक कार्यको उद्घोष गर्नुभएको छ।
सहयोगी मनकि धनि सामाजिक अभियान्ता गोर्खा सिरान्चोक थालाजुड, ४ गाउपालिका हाल यु.के.मा रहनु भएकी दिदि सकुन गुरुङ्गले जाजरकोट नलगाड नगरपालिका वडा नं.१० मा रहेको जन विकास नि.मा.विद्यालयमा अध्ययनरत केहि आर्थिक रुपमा कमज़ोर विध्यार्थीहरुको लागी छात्रवृतीको लागी तत्काल ५० (पचास)हजार नेपाली रुपैया रहने एउटा अक्षय कोष निर्माण गर्ने हुनुभएको छ। सामाजिक अभियान्ता दिदी सकुन गुरुङलाई जन्म दिनको लाखौँ लाख शुभकामना तथा हार्दिक धन्यवाद।










