सडक स्तरउन्नती नहुँदा हिउँदमा धुलामे , वर्षामा हिलामे

जाजरकोट , यहाँका ग्रामीण क्षेत्रका सडकहरुमा स्तरउन्नती नहुँदा वर्षायाममा हिलामे र हिउँद याममा धुलोले समस्य हुँदै छ । खलंगा— रिम्ना, चिसापानि — तल्लु , खलंगा — पाँचकाटिया, कुदु — कार्कीगाउँ , मोर्क — थलह लगाएतका ग्रामीण सडकको स्तरउन्नती नहुँदा यस्तो समस्य देखिएको हो ।

खलंगा रिम्ना १६ किलोमिटर सडक निर्माण भएपनि स्तरउन्नती नहुँदा वषौदेखि यहाँका स्थानीयहरु दैनिक सास्ती भोग्दै आएका छन् । कुदुदेखि कार्कीगाउँ सम्मको सडक ट्रयाक खुलेदेखि स्तरउन्नतीको काम नहुँदा यात्रुहरुले दुख पाउँदै आएका छन् । सडकको मर्मतसुधार तथास्तरोन्नोतिमा सडक विभाग लगायत निकाय बेखबर छन् । सडक नियमित नहुँदा खाद्यान्न तथा दैनिक उपभोग्यवस्तुको आपूर्तिमा कठिनाइ छ । सडक स्तरोन्नोति नहुँदा वर्षातमा हिलो तथा खाल्डाखुल्डी र हिउँदमा धूलोका कारण यातायातका साधन नियमितपनि हुँदैनन् ।

जिप, ट्याक्टरलगायत साधन धूलो तथा हिलोमा फस्ने गर्दा नियमित यातायात सञ्चालनमा आउन नसकेको भेरी नगरपालिका १ का जसु रानाले वताउनुभयो । एमाले, कांग्रेस, माओवादी केन्द्रलगायत राजनीतिक दलले सडक स्तरोन्नोतिको पहल गरिदिन प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य र जिल्ला समन्वय समितिका प्रमुखसँग ज्ञापनपत्र पनि बुझाएका छन् । राष्ट्रिय गौरवको लोकमार्गको सडक खण्ड निर्माण लामो समयदेखि अलपत्र पर्दा समेत सरोकारवाला निकाय जिम्मेवार नभएको माओवादी केन्द्र केन्द्रिय आयोजक समितिका सदस्य इमाश्वर देवकोटाले बताउनुहुन्छ ।

पटक–पटक ताकेता गर्दा पनि मध्यपहाडी लोकमार्ग पश्चिम खण्ड आयोजना दाङले बेवास्ता गरेकाले सडक अलपत्र परेको उहाँको आरोप छ । छिटोभन्दा छिटो सडक स्तरोन्नोतिका लागि सांसद र स्थानीय तहका प्रतिनिधिलाई ज्ञापनपत्र बुझाइएको उहाँले बताउनुभयो । यो खण्ड नाममात्रको प्राथमिकताको लोकमार्ग भएको प्रदेशसभा सदस्य कृष्ण शाहले बताउनुभयो । प्रदेश सभा सदस्य (क) का सांसद गणेसप्रसाद सिंहले भन्नुभयो “ तोकिएको समयमा काम नगर्ने निर्माण व्यावसायीलाई जनताको मर्का वुझन आग्रह गरिएको छ । जनताको भावनामा खेल्ने र तोकिएको काम नगर्ने व्यक्तिलाई कारवाही गरिने छ ’ । जिल्लाका विभिन्न ठाउँमा स्तरउन्नती काम समेत छिटै गरिने उहाँले वताउनुभयो । अहिले स्तरउन्नती नभएका सडकमा हिउँद याममा धुलोका कारण यात्रामा असहज र सडकका छेउ छाउँका घरमा धुलोले वस्न नसक्ने अवस्था रहेको छ । वर्षायाममा यातायातका साधनहरु सञ्चालन गर्न मुस्लिक हुँने गरेको छ ।
जिल्ला समन्वय समिति जाजरकोटका संयोजक मनवहादुर रावललाई सडकको स्तरउन्नतीको माग गदै जततीपुरका स्थानीयले ज्ञापनपत्र वुझाउदैँ ।





error: Content is protected !!