पढाउने ठाउँमा विद्यार्थी कुट्छन् शिक्षक

जाजरकोट , कस्तुरी वोडिङ खलंगामा अध्यानरत छात्र दिपेश शाह माथि शिक्षकवाटै कुटपिट भएको छ । कुटपिट वाट दिपेश घाईते भएको उनका वावु प्रचण्ड शाहले जानकारी दिनुभयो । विद्यालयमा ढिला आएको भन्दै शिक्षक अमर वस्नेतले कुटपिट गरेको शाहले वताउनुभयो । कुटपिटमा परेका वालक शाहको अनुहार, हातमा चोट लागेको छ । कस्तुरी सहकारी द्धारा यो विद्यालय सञ्चालनमा छ ।





error: Content is protected !!