पार्टी एकताले मुलुक समृद्ध हुने–पुर्बगृहमन्त्री बस्नेतको दाबी

नेकपा माओवादी केन्द्र प्रदेश नं  ६ का इन्चार्ज शक्तिबहादुर बस्नेतले मुख्यमन्त्रीका लागि तिन जनाको नाम सिफारीस प्रदेशले गरेपनि त्यसको टुंगो केन्द्रले लगाउने बताउनु भएको छ । माओवादी केन्द्रकोे जिम्मा प्रदेश ६ र ७ परेकोले यसको छिट्टै टुंगो लगाउने पुर्ब गृहमन्त्री समेत रहेका बस्नेतले राष्ट्रिय सभामा आठै जना सदस्य निर्बाचित हुने पक्का भएको बताए ।

रिपोर्टर्स क्लब नेपाल प्रदेश ६ का इन्चार्ज लंकराज धमालाको अध्यक्षतामा आइतबार सम्पन्न साक्षात्कार कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य बस्नेतले निर्बाचन गठबन्धन नै पार्टी एकताका लागि गरीएको दाबी गरे । एकले अर्काको अस्तित्व स्वीकार गर्दै सह–अस्तित्व निर्माण गर्दै साँझा मार्गचित्र मार्फत पार्टी एकता हुनुपर्ने भन्दै बस्नेतले दुई पार्टी बिचको एकता नभई सिंगो कम्यूनिष्ट आन्दोलनको एकता हुनेमा बिश्वास व्यक्त गरे ।

साक्षात्कारमा बोल्दै प्रदेश इन्चार्ज बस्नेतले दुई धार एक हुने भन्दै मूलुक र जनताको हितमा एमाले र माओवादी केन्द्र बिच तत्काल एकता हुने ठोकुवा गरे । प्रदेश मुख्य मन्त्री महेन्द्रबहादुर शाही या नरेश भण्डारी मध्येको बन्छ त रु भन्ने सञ्चारकर्मीको जिज्ञासामा इन्चार्ज बस्नेतले अरुले जसको नाम लिए पनि पार्टीको निर्णय बिना अड्कल गर्न नहुने भन्दै त्यो शुभ खबर पाउन धेरै कुर्नु नपर्ने जानकारी दिए । समृृद्ध मूलुक निर्माण गर्ने अभिभारा बाम गठबन्धका काँधमा आएको भन्दै नागरीकहरुले दिएको अभिभारा पूर्ण पालना गर्ने पनि बस्नेतले विस्वास ब्यक्त गरे ।





error: Content is protected !!