सडक विस्तार संगै गाउँ गाउँमा पुग्यो ग्यास

जाजरकोट ः सडक विस्तार संगै जाजरकोटका गाउँ गाउँमा खाना पकाउने ग्यास (एलपी ग्यास)को प्रयोग वढेको छ । जिल्लाका अधिकांश गाउँमा खाना पकाउने ग्यासको प्रयोग वढेसंगै दाउराको खपतमा कमि आएको छ ।
सदरमुकाम वाहेक अन्य ठाउँमा प्रयोग नहुँने खाना पकाउने ग्यास सडक सञ्जालले गाउँ गाउँमा जोडेपछि खाना पकाउने ग्यासको माग वढेको हो । यहाँको रिम्ना, दल्ली, कालिमटी, चौखा, वगारा, मैदे, स्याउलीवजार, मोर्क,थलह, घाट, तल्लुवगर लगाएतका दर्जनौ गाउँमा ग्यासको प्रयोग वढेको हो । गाउँपालिका र नगरपालिकाको कार्यालय गाउँमा स्थापना भएपछि गाउँमा ग्यासको माग वढेको व्यापारीहरु वताउँछन् । दाउँरामा खाना वनाउन झनझट हुँने हुँदा ग्रामीण क्षेत्रमा खाना पकाउने ग्यासको प्रयोग वढेको होटल व्यवसायीहरु वताउँछन् । एक वर्ष अघि सम्म सदरमुकाममा मुस्लिले ५ देखि ९० वटाको आधारमा ग्यासका ग्राहक थिए, अहिले हजार माथि रहेको मनकामना ग्यासका वितरकले वताएका छन् । जाजरकोटमा मनकामना र भेरी ग्यासको प्रयोग वढीरहेको छ । सडक विस्तार संगै गाउँ गाउँमा व्यापार पनि वढेको छेडागाड नगरपालिकाका ८ मा पवित्रा पुनले वताउनुभयो ।
जाजरकोट सदरमुकामवाट सिधा नलगाड नगरपालिका, छेडागाड नगरपालिका, कुशेगाउँपालिका , शिवालय गाउँपालिका लगाएतका ठाउँमा यातायातका साधनहरु सञ्चालनमा रहेका छन् । सदरमुकाममा व्यापार घटेको छ भने गाउँ गाउँमा वढेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!