जाजरकोटमा जोडियो केन्द्रीय विद्युत प्रसारण लाइन

जाजरकोट : जाजरकोटको सदरमुकाम खलंगामा केन्द्रीय प्रसारणको विद्युत् लाइन जडान गरिएको छ। विगत लामो समयदेखि अँध्यारोमा बस्दै आएका जाजरकोटका स्थानीय बासिन्दा घरमा विद्युत् लाइन पुगेपछि खुसी भएका छन्।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जाजरकोटले पहिलो चरणमा भेरी नगरपालिका–४ बोहरागाउँ, मूलपानीबाट विद्युत जडानको काम सुरु गरेको छ।
सदरमुकाम खंलगामा हाल ९८ घरधुरीमा विद्युत् जडान गरिएको र ३ सय ५० आवेदन प्राप्त भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जाजरकोटका प्रमुख लोक खड्काले जानकारी दिए।

बोहरागाउँ, मूलपानीका बाँकी घरधुरीमा लाइन जडान सकिएपछि गैरीखाली रानागाउँ क्षेत्रमा लाइन जडान सुरु गरिने खडकाले बताए।
पुरानो लाइन हटाउने र नयाँ लाइन जोडने काम भइरहेकोले केही समस्या भएको खड्काले बताए। ‘पहिलाको लाइनलाई धेरै स्थानमा सुधार गर्नुपछ, त्यसपछि नया लाइन जोडने पर्ने भएको हुँदा केही ढिला तथा कठिनाइ भएको छ’, उनले भने, ‘हामीसँग प्रायाप्त जनशक्ति छैन। त्यसैले ट्रान्सर्फम राखेको ठाँउबाट अन्य स्थानहरूमा लाइन लिन पनि समय लाग्ने गरेको छ।’

केन्द्रीय प्रसारण लाइन नहुँदा यस जिल्ला सदरमुकामा स्थानीय एक खोलाबाट उत्पादन हुने ९८ किलोबाटको विद्युत् सेवा पनि खडेरीका कारण बन्दभएपछि सदरमुकामबासी अँध्यारोमा बस्न बाध्य भएका थिए। विद्युत सेवा नहुँदा सरकारी तथा गैरसरकारी कार्यालयलाई दैनिक कामकाज गर्न समस्या परेको थियो भने निजी कम्प्युटर इन्स्टिच्युटहरूलाई समस्या परेको थियो।




सम्बन्धित समाचार


error: Content is protected !!