तेस्रो रुकुम कप फुटबल प्रतियोगिताको तयारी पूरा,बिजेतालाइ सर्बाधिक राशिको पुरस्कार ।

रुकुमकोटमा समृद्ध समाज नेपाल संस्थाको स्थापना दिवसको अबसरमा पौष २१-२५ सम्म तेस्रो रुकुम कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । सो फुटबल खेल भने रुक्मिणी सहिद स्मृति रंगशाला रुकुमकोटमा संचालन हुने भएको छ ।
यस प्रतियोगिताको लक्ष्य भनेको राम्रा प्रतिभाबान खेलाडी उत्पादन गर्ने र सिङ्गो जिल्लामा खेलाडी हरुको उत्पादन गर्नु रहेको छ।
यस प्रतियोगितालाइ भब्यरुपमा सफल पार्नको लागि पुर्ब रुकुमको सबै टिम पुर्ण रुपमा खटेर लागेको छ।आफ्नो जिल्लाको पहिचान र जिल्ला कै सर्बाधिक राशिको प्रतियोगिता संचालनले जिल्ला कै पहिचान बनेको छ।
प्रतियोगितामा बिजेता हरुलाइ राखिएको राशी: बिजेतालाई रु.८०,०००/,
उप बिजेता- रु.४०,००० ,
सेमिफाइनल २ टिम- रु.१०,०००/-
अनुशासित टिम- रु ८,०००/-
बेष्ट प्ल्येर- रु.३,०००/
बेष्ट स्टाइकर- रु.२,०००/-
बेष्ट मिडफिल्डर- रु.२,०००/-
बेष्ट गोल किपर- रु.२,०००/-
रहेको छ त्यस्तै दर्ता शुल्क रु.५,०००रहेको छ ।र सहभागीता खुला खेलाडीहरु बढीमा १६ जना,प्रशिक्षक १ जना, ब्यबस्थापक/मेडिकल १ जना गरि जम्मा १८ जनाको सहभागिता राखिने भएको छ।










