भलिवलको उपाधी नेपाली सेनालाई

जाजरकोट  ः दोस्रो जाजरकोट महोत्सबको अवसरमा जिल्ला खेलकुद विकास समितिद्धारा आयोजना गरिएको खुल्ला भलिबल खेलको उपाधी जाजरकोट स्थित नेपाली सेनाले हात पारेको छ । रुकुमेली ज्वलर्स टिमलाई हराउँदै नेपाली सेनाको ज्वाला दल गण विजयी भएको हो । पहिलो दिनको समुह चरणको खेलमा सेनाको टिमलाई रुकुमेली ज्वलर्स टीमले सोझो सेटमा हराएको थियो । अन्य टिम सँग जित निकाल्दै यी दुई टिम फाईनलमा पुनः आमनेसामने भएका थिए । अपराजित रुकुमेली टीमलाई फाईनलमा हराउँदै सेनाले उपाधी पक्का गरेको हो ।
खलंगा स्थित त्रिभुवन माविको खेलमैदानमा बेस्ट अफ फाईभमा खेलाईएको निकै रोमाञ्चक फाईनल खेलमा ३–१ ले सेनाले जित निकालेको हो । २५–१७, २५–२२, २२–२५ र २५–२३ को सेटमा रुकुमेली टिम पराजित भएको आयोजकले जनाएको छ । प्रतियोगितामा तिलक ज्वलर्स तृतिय भएको छ । प्रतियोगितमा प्रथम, द्धितिय र तृतियलाई क्रमश एक लाख, पचास हजार र पच्चिस हजार नगद तथा प्रमाणपत्र प्रदान गरिने भएको छ ।

१२ टिमको सहभागीता रहेको भलिवल प्रतियोगिता लिक कम नकआउटको नियम अनुसार खेलाईएको थियो । भलिवल प्रतियोगितामा स्थानिय क्लव, विभिन्न पालिका, नेपाली सेना , नेपाल प्रहरी, शसस्त्र प्रहरी र छिमेकी जिल्लाका टिमहरु सहभागी रहेका थिए । गत १२ गते देखी भएको खेलको फाईनल खेल आईतवार विहान गरिएको हो ।

जाजरकोटमा अहिले सम्म आयोजना गरिएका खेल मध्य यो सर्वाधिधक राशीको पुरस्कार हो । खेल संचालनका लागी भेरी नगरपालिकाले सहयोग गरेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!