केन्द्र विवादमा जाजरकोटमा गाउँलेद्वारा गाउँपालिकाको सामान कव्जा

जाजरकोट /जाजरकोट : जिल्लाको कुशे गाउँपालिकाको केन्द्र सार्ने निर्णयप्रति असहमति जनाउँदै ५ नम्बर वडाका वासिन्दाले बिहीबार मध्यरातमा गाउँपालिकाका सामान कब्जामा लिएका छन्। राति ११ बजेतिर वडा नम्बर ६ स्थित बाटुलेमा रहेको गाउँपालिका कार्यालयमा पुगेका ३०/३५ जना स्थानीयको समूहले सामान नियन्त्रणमा लिएका हुन्। उनीहरुले कार्यालयमा रहेको कुर्ची, टेबुल, दराज, कम्प्युटर, प्रिन्टरलगायतका सामान लिएर गएका गाउँपालिकाका कार्यकारी अधिकृत थानेश्वर भण्डारीले जानकारी दिनुभयाे। कात्तिक ३० गते बसेको गाउँसभाको बैठकले गाउँपालिकाको केन्द्र वडा नम्बर ६ को भार्म थर्पु सार्ने निर्णय गरेको थियो। यस निर्णयप्रति वडा नम्बर ५ का वासिन्दाले बिरोध जनाएका थिए। उनीहरुले ढिमेको मालुमेलामा केन्द्र राख्नुपर्ने माग गरेका थिए। तर गाउँसभाका ४७ सदस्यमध्ये ४२ जनाले भार्म थर्पुमा गाउँपालिकाको केन्द्र राख्ने निर्णयमा सहमति जनाएका थिए। गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले सामान कब्जा गर्ने स्थानीय वासिन्दासँग पहिलो चरणमा सामान फिर्ता गर्ने विषयमा छलफलगर्ने बताउनुभयाे । ‘यदि नमानेमा कानुनी उपचारको पहल गर्छौं’ उहाले भने ‘दुई तिहाई भन्दा बढीले निर्णय कुरा उनीहरुले पनि मान्नुपर्छ।
—-





error: Content is protected !!