वाटो निर्माणका विषयमा विवाद हुँदा वडा अध्यक्ष शाही घाईते

जाजरकोट ,  सडक निर्माणका विषयमा विवाद हुँदा स्थानीय यूवाहरुको कुटाईवाट भेरी नगरपालिका वडा ७ का वडा अध्यक्ष चन्द्रवहादुर शाही र उहाँका छोरा महेन्द्र शाही घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमूख भावेश रिमालले दिएका जानकारी अनुसार वडा अध्यक्ष चन्द्रवहादुर शाहीले डिलवहादुर शाहीलाइ सडक निर्माणका लागि जिम्म दिनुभएको थियो । स्याउलीवजार देखि पुन्मा सम्म सडक निर्माण गर्ने जिम्म डिलवहादुर शाहीलाई दिएपछि दिपेन्द्र शाही लगाएतका यूवाहरुले सो सडक निर्माण आफुले निर्माण गर्नुपर्ने माग राखेर विवाद गरेका थिए । एक हप्ता देखि वढेको विवादले शनिवार वडा अध्यक्ष चन्द्रवहादुर शाही र उहाँका छोरामाथि दिपेन्द्र शाहीको समुहले आक्रमण गरि गम्भिर घाईते वनाएका डिएस्पी रिमालले वताउनुभयो ।
भेरी नगरपालिका वाट २८ लाखमा स्याउलीवजार देखि पुम्ना सम्म सडक निर्माणका लागि वजेट विनियोजन गरिएको थियो । घाईते वडा अध्यक्षको उपचारका लागि अहिले नेपालगन्ज लिदै गरेको प्रहरीले वताएको छ । आक्रमणकारी समुह फरार भएको प्रहरीले वताएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!