माओवादीमा नेताका आफन्त मात्रै सांसद बनेपनि पार्टी कार्यालयमै नेतामाथी भयो आक्रमणको प्रयास

काठमाडौं – समानुपातिक सांसदको छनौट गर्ने विषयमा माओवादीभित्र बिवाद बढेको छ । माओवादीले प्रदेश सभाका लागि समानुपातिक सांसद छनोट गर्ने निर्णय गरेकै दिन शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिसडांडामा हात हालाहालसम्मको घटना घटेको छ ।

प्रदेश नम्वर तीनको समानुपातिक सांसद छनौटमा नेताहरुले आफ्ना आफन्त,श्रीमती र छोरीलाई पारेको तर पार्टीमा लामो समयदेखी योगदान पुर्याएका नेताहरुलाई छुटाएको भन्दै असन्तुष्ट पक्षले नेताहरुमाथी आक्रमण गर्ने कोशिस समेत गरेका थिए ।

माओवादी स्रोतले दिएको जानकारीअनुसार माओवादी ३ नम्बर प्रदेश ईन्चार्ज हितमान शाक्य र संयोजक झक्कु सुवेदी र असन्तुष्ट कार्यकताबीच पेरिसडाडामा हात हालाहाल भएको हो । सिन्धुपाल्चोकका पुराना नेता हिमाल पराजुली र नेताद्धय शाक्य र सुवेदीबीच शुक्रवार दिउँसो पेरिसडांडामा रहेको मजदुर कार्यालयको छतमा धकेला–धकेल भएको स्रोतको दाबी छ ।

माओवादीले ३ नम्बर प्रदेशबाट पठाएको सुचीमा नेता सुवेदीकी छोरी भावना सुवेदी प्रेस सेण्टरका अध्यक्ष समेत रहेका माओवादी नेता महेश्वर दाहालकी श्रीमती सिता दाहाललाई सांसद बनाएकोमा पनि माओवादीभित्र असन्तुष्टी छ । सिता हाल चितवनमा पसल संचालन गरीरहेकी छन् ।

त्यस्तै ३ नम्बर क्षेत्रबाटै समानुपातिक सूचीमा परेका आङ्देण्डी लामालाई सांसद बनाएकोमा उनिहरुले आपत्ति जनाएका थिए । उनि केहि समयअघि मात्र माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

असन्तुष्ट पक्षले लामाबाट प्रदेशका शीर्ष नेताहरुले मोटो रकम लिएर उनलाई सांसदमा सिफारीस गरेको आरोप लगाएका छन् । माओवादीका पुराना नेता पराजुलीको समानुपातिकमा पहिलो नम्बरमा नाम भएपनि उनलाई सुचीबाट हटाइएको थियो ।

पराजुलीले शहिद परिवार,दुख पाएका महिला र पार्टीमा सक्रिय रहेका कार्यकर्तालाई समानुपातिक सांसद किन नबनाएको भन्ने प्रश्न आफुहरुले पार्टी नेतृत्वलाई गरेको बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!