एमाले, माओवादी युवा नेताले दिए नेतृत्वलार्इ दवाब

 ‘पछिल्लो केही दिनयता पार्टी एकता र सरकार गठनबारे विभिन्न कोणबाट आएका क्रिया प्रतिकृयाका कारण जनमानसमा भ्रम पैदा भएको छ । त्यो भ्रम चिर्न शीर्ष नेतृत्वको ध्यानाकर्षण गर्न दवाबकारी भूमिका दुइ पार्टीका युवा नेताहरुले खेलेका छन । माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले दुवै पार्टीका युवाहरु पार्टी एकता दायाँबायाँ हुन नदिन अग्रसर भएको भन्दै पार्टी एकता गर्दा अपनाउनुपर्ने विधिका बारेमा पनि सुझाव दिने तयारीमा लागेको बताए ।

‘हाम्रो शीर्ष नेतृत्वलाई पहिला पार्टी एकता टुङ्ग्याउ त्यसपछि सरकार निर्माण गरौ भन्ने सुझाव हो । यदि त्यसो हुन सकेन भने दुवै काम सँगसँगै लैजाउ भनेका छौ, त्यसमा शीर्ष नेताहरु पनि लगभग सहमतजस्तै देखिनुभएको छ,’ पौडेलले भने ।

एमाले युवा नेता ठकुर गैरेले पार्टी एकतामा भएको ढिलाई, चुनावमा अघि सारेको संयुक्त घोषणापत्रको कार्यन्वयन लगायतका विषयमा नेतृत्वलाई सघाउन युवाहरुले पहल थालेको भन्दै त्यसका लागि पहिला दुवै पार्टीभित्रका केन्द्रीय सदस्य लेवलका नेताहरुसँग छलफल गरेर नेतृत्वलाई सुझाव दिने तयारी भैरहेको बताए ।

‘पार्टी एकता र सरकार गठनको विषयमा पछिल्लो समय बामपन्थीको विकल्पमा आएका धारणाका बारेमा हामीले नेतृत्वलाई ध्यानाकर्षण गराउन खोजेका हौँ, जसले चुनावअघि दुवै पार्टीले गरेको सम्झौता कार्यान्वयनमा सहयोग पुग्नेछ,’ नेता गैरेले बताए । उनका अनुसार पार्टी एकताका लागि मुख्य चुनौती बनेको शीर्ष नेताको व्यवस्थापनका बारेमा पनि युवा नेताहरुले खाका तयार गर्नेछन् ।

‘मुख्य कुरा चार पुर्व प्रधानमन्त्रीको व्यवस्थापन कसरुी गर्ने भन्ने नै हो । एकजना प्रधानमन्त्री, एकजना पार्टी अध्यक्ष, बाकी दुई जनालाई कसरी व्यवस्थापन गर्ने भन्नेमा पनि हामीले सुत्र खोज्दैछौ त्यसका लागि हाम्रोतर्फको गृहकार्य भइरहेको छ । हिजोमात्रै त्यसबारे हामी केही युवा नेताहरुबीच छलफल पनि भएको छ । छिट्टै त्यसवारे खाका तयार गरेर दुवै पार्टीका केन्द्रीयसदस्य लेवलमा छलफल गरि शीर्षलाई दिन्छौँ,’ गैरेले बताए ।

उनले भने, ‘पार्टी एकता लगभग भैसकेको छ अव समाजबादको मोडल के हुने र संगठानात्मक स्वरुप र कार्यविभाजन कसरी गर्ने भन्ने मात्रै बाँकी छ त्यो विषय पनि चाँडै टुङग्याउनुपर्छ भनेका छौ बाँकी विषय त माहाधिवेशनले नै टुङगो लगाउँछ ।’




सम्बन्धित समाचार


error: Content is protected !!