होटलमाआएका ग्राहकलाइ होटल कै कर्मचारीले कुटदा मृत्यु ,घटनामा संलग्न ५ जना पक्राउ 

काठमाडौं । काठमाडौंको गौशाला पशुपति भिजनस्थित अमादब्लम होटलका कर्मचारीको कुटपिटबाट एक भारतीय नागरिकको मृत्यु भएको छ ।  महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी रविन्द्र धानुकका अनुसार सिक्किमका भारतीय नागरिक आदित्य गुरुङको हत्या भएको हो ।

उनका अनुसार बुधबार साँझ होटलमा बस्न आएका गुरुङ र होटलका कर्मचारीबीच विवाद भएको थियो ।  बाहिरबाट मदिरा सेवन गरी होटलमा सुत्न पुगेका गुरुङले थप मदिरा मागेको र होटलका कर्मचारीले नदिएपछि विवाद बढ्दै गएको प्रहरीले जनाएको छ ।

होटलका कर्मचारी तथा सुरक्षा गार्डको कुटपिटबाट गम्भीर घाइते भएका गुरुङको केएमसी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।  प्रहरीले घटनामा संलग्न ५ होटलका कर्मचारीलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही प्रक्रिया अघि बढाएको एसएसपी धानुकले बताए ।





error: Content is protected !!