जाजरकोट महोत्सव सुरु

 जाजरकोट ,  ःदोस्रो जाजरकोट महोत्सव सदरमुकाम खलंगामा सुरु भएको छ । जिल्लाको कला, संस्कृतिको प्रवद्र्धन, स्थानीय उत्पादनको व्यवसायिकरणका लागी दोस्रो जाजरकोट महोत्सव बुधवार देखि सुरु भएको हो ।
उद्योग वाणिज्य संघ जाजरकोटको आयोजना तथा भेरी नगरपालिकाको सह–आयोजनामा त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा महोत्सव संचालन भैरहेको छ । ६ दिन विद्यालय वन्द गरि महोत्सव सुरु भएको छ ।
कला, संस्कृति, पर्यटन, कृषि उत्पादन र औद्योगिकरण हाम्रो अभियान । आत्मनिर्भर स्वाभिमानी र समुन्नत जाजरकोटको निर्माण’ भन्ने नाराका साथ पाँच दिन सम्म महोत्सव सञ्चालन हुने भएको छ । महोत्सवका साथै कृषि पर्यटन तथा व्यापार मेलाका माध्यमबाट स्थानीय कला संस्कृतिको प्रर्वद्धन तथा उत्पादनलाई व्यवसायिकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जाजरकोट उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सवको आकर्षणको रुपमा लोपोन्मुख तथा पौराणिक पहिचान झल्काउने झाँकी, स्थानीय बाजागाजा तथा लोक नृत्य रहने छन् । मेलामा जिल्लामा पाइने वहुमुल्य पत्थर, जडिबुटी, फलफुल, सरु तथा छेडागाडका माछा, सुन्तला, मह, घिउ, बारेकोटी गाभा, राडिपाखी लगायत घरेलु उत्पादन प्रर्दशनी तथा विक्रीका लागी राखिनेछ ।
महोत्सवमा प्रतियोगितात्मक कृषि प्रदर्शनी पनि राखिएको उद्योग बाणिज्य संघका अध्यक्ष कर्णबहादुर खत्रीले बताउनुभयो ।





error: Content is protected !!