दोस्रो पटक संसार देखेपछि

जाजरकोट ः त्रिवेणी नलगाड नगरपालिका वडा ११ का ६५ वर्षिय चन्द्रवहादुर शाही पाँच वर्ष देखि आँखा देख्न नस
क्दा समस्य भोग्दा आउँनुभएको थियो ।
उहाँले आँखा न देख्दा दैनिक अर्काको भरमा घर भित्र अनि वाहिर गदै दुखका दिन विताउँदै आएको वताउनुभयो । जव त्रिवेणी नलगाड नगरपालिकाले आँखा शिविर सञ्चालन गर्ने सुचना रेडियो मार्फत यहाँले सुन्नुभयो । त्यसपछि नाँतिलाई आँखा शिविरमा लिन आग्रह गनुभयो । नातीले हजुर वाको सल्लाह मान्दै दल्ली स्थित आँखा शिविरमा ल्याएर उपचार गर्दा शाहीले अहिले आँखा देख्ने हुनुभयो । उहाँले भन्नुभयो वावु मैले दोस्रो पटक यो संसार देखे । शाही जस्तै यहाँ उपचार गर्न आएका जाजरकोट र रुकुमका १ सय भन्दा वढीले शिविरमा उपचार गरि आँखा देख्ने भएपनि दोस्रो पटक संसार देखेको भन्दै आफुलाई भाग्यमानी सम्झेको वताएका छन् । उपचारका लागि व्यवस्थापन गरिदिने नगरपालिकालाई समेत सवैले धन्यवाद दिएका छन् ।
आँखाको उपचार गर्न यहाँका अधिकांश वृद्धहरुलाई हजारौ खर्च गरि नेपालगन्ज लिने गरिन्थ्यो । हजारौ रुपैया एकातीर वच्यो भने अर्को तीर घर नजिकै उपचार गर्न पाँउदा वृद्ध,वृद्धाहरु खुसी भएका छन् । आँखा उपचारका लागि नगरपालिकाले यो भन्दा अगाडी ३ ठाउँमा शिविर सञ्चालन गरि घर दैलोमा सेवा प्रवाह गरेको कायकारी अधिकृत सुरेन्द्र सिंहले वताउनुभयो ।
त्रिवेणी नलगाड नगरपालिकाले आँखा शिविर सञ्चालन गरि जाजरकोट र रुकुमका स्थानीयलाई सेवा दिएको हो । नगरपालिकाको आर्थिक सहयोगमा नेपाल रेडक्रस जाजरकोट , सामुदायिक आँखा उपचार केन्द्रको समन्वयमा शिविर सञ्चालन गरिएको मेयर टेकवहादुर रावलले वताउनुभयो । शिविरमा २ सय भन्दा वढी वृद्ध,वृद्धाले सेवा लिएको कायकारी अधिकृत सिंहले वताउनुभयो । नगरपालिकाको ४ लाख भन्दा वढी आर्थिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो ।










