ओली र प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने सहमती भएको बामदेव गौतमको खुलासा

काठमाडौं– नेकपा एमालेका नेता बामदेव गौतमले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने सहमति भएको दाबी गरेका छन् । बाम गठवन्धन निर्माणको सुत्रधार मानिएका गौतमले वाम गठबन्धन बनाएर चुनावी तालमेल गर्नुअघि नै यस्तो सहमति भएको दाबी गरेका हुन ।

प्रतिनिधिसभा र प्रदेश सभाको चुनावी परिणाम एमालेको पक्षमा आएपछि एमालेका केही नेताले पार्टी अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्ने विचार राखिरहेका बेला गौतमको यस्तो भनाई आएको हो ।

बीबीसी नेपाली सेवासंग कुरा गर्दै पुर्व गृहमन्त्री समेत रहेका एमाले उपाध्यक्ष गौतमले आलोपालो प्रधानमन्त्री चलाउने सहमति चुनाव अगाडि नै भएको बताए।





error: Content is protected !!