रुकुममा जनार्दन शर्मा प्रतिद्वन्दी भन्दा दोब्बर मतले विजयी।

काठमाडौ । रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा अत्यधिक मत प्राप्त गरी विजयी भएका छन् ।

शर्माले १८७४३ मत अन्तरले नेपाली कांग्रेसका गोपालजी जंग शाहलाई पराजित गरेका हुन ।

शमाएले ३४४०२ मत प्राप्त गरेर विजयी भएका हुन भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शाहले १५६५९ मत ल्याएर दोब्बर बढी मतले पराजित भएका हुन् ।

यस अघि नै रुकुम पूवबाट पूर्व जनमुक्ती सेनाका कमाण्डर कमला रोका विजयी भई सकेकी छिन्

शर्माको जितसँगै नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा दुई स्थानमा विजयी हासिल गरेको छ ।





error: Content is protected !!