रुकुम पश्चिमको प्रदेश (क) मा १६८१० मत ल्याएर माओवादी केन्द्रका रातो कामि विजयी

रूकुम(पश्चिम) प्रदेश सभा सदस्य (क) निर्वाचन क्षेत्रमा बाम गठबन्धनका राताे कामी निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका कृष्णबहादुर राेकालाई ८हजार २ सय ३३ मतले पराजित गरे । कामीले १६ हजार ८ सय १० मत प्राप्त गरे भने राेकाले ८ हजार ५ सय ७७ मत प्राप्त गरे । कुल २७ हजार १ सय ७४ मत खसेकामा २५ हजार ८ सय ५९ मत सदर भयाे । १ हजार ३ सय १५ मत बदर भएकाे बताईएकाे छ ।
प्रतिनिधि र प्रदेश सभा ख निर्वाचन क्षेत्रकाे पनि मतगणना अन्तिम चरणमा पुगेकाले अाजै राति मतगणना सकिने मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । कुल ५५ हजार ३ सय ११ मत खसेकामा ४९ हजार ७ सय ७६ मत गणना भैसकेकाे छ । जसमा बामगठबन्धनका जनार्दन शर्माले ३१ हजार ७७ र कांग्रेसका गाेपालजी जंग शशाहले १३ हजार ७ सय ३३ मत पाएका छन् ।










