जाजरकोटमा वामगठवन्धन अग्रता कायम

जाजरकोट ः जाजरकोटमा मतगणना जारी रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार वामगठवन्धनका साझा उम्मेदवार प्रतिनिधीसभा सदस्यका उम्मेदवार शक्तिवहादुर वस्नेतले ६ हजार ७ सय ७९ र नेपाली काग्रेसका उम्मेदवार राजिवविक्रम शाहले ५ हजार ३१ भोट पाएका छन् ।
त्यस्तै प्रदेश सभा सदस्यका जाजरकोट क्षेत्र क का वामगठवन्धनका उम्मेदवार गणेसप्रसाद सिंहले ६ हजार ३ सय ३७ र कांग्रेस का प्रदेश सभा सदस्यका उम्मेदवार वेदराज सिंहले ४ हजार ५ सय ८५ प्राप्त गनुभएको छ ।
त्यस्तै प्रदेश सभा सदस्य जाजरकोट ख का वामपन्थी उम्मेदवार करवीर शाहीले ६ हजार ७ सय ४५ र नेपाली कांग्रेसका दीपकजंग शाहको ५ हजार ३ सय ७१ प्राप्त गर्नुभएको छ ।










