डडेल्धुरामा १ सय १९ बर्षिय पार्वती खड्काले गरिन मतदान

करन ताम्राकार
मंसिर ,२१ । डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा ११९ बर्षिय बृद्धाले मतदान गरेकी छिन् ।
अमरगढी नगरापलिका वार्ड न.६ भजनपुर बस्ने ११९ बर्षिय पार्वती देवी खड्काले आज मतदान स्थलमै पुगि मतदान गरेकी हुन । उनी डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका वार्ड नं.६ को भजनेउटा चौतारो मतदान केन्द्र (ख) मा मतदान गरेकी मतदान अधिकृत पदमराज भट्टले जानकारी दिए ।
खड्का १९५५ जेठ १० गते जन्मीनु भएको हो उहाले बहुदल आययता सबै चुनवमा मतदान गरेको बताईन ।
उनले भनिन् । मतदान अुल्य दान हो त्यसैले आफुले निरन्तर मतदान गर्दै आए पनि देशमा खासै परिर्वतन भनेको नदेखिएको गुनासो गरिन् ।
उनले भनिन् आफुले मतदान गरेको व्यक्ती र पािर्ट बजयी हुने बताईन । आजै २ सय बर्ष बाचेर विसित नेपाल हेर्ने रहर रहेको बताईन । देशमा धेरै खाले परिर्वतन आएपनि खसै परिर्वतन नदेखिएकाले देशमा शान्ति स्थापना र स्थीर सरकार हेर्ने सपान सहितको मैले अमुल्य मतदान गरिकी छु भनिन् ।
पार्वती देवी खड्का नेपालकै सबै भन्दा जेष्ठ नागरिक हुन सक्ने जिल्ला निर्वाचन अधिकृत कृष्णसिंह नायकले बताए ।

फोटोक्याप्सन ः अमरगढी,६ भजनेउटा चौतारो ११९ बर्षिय पार्वती देवी खड्का मतदान गर्दै गरेको तस्बीर ः करन ताम्राकार डडेल्धुरा ।





error: Content is protected !!