मतदान गरेपछि प्रचण्डले दिए यस्तो प्रतिक्रिया

चितवन /माओवादी केन्द्रका अध्यक्ष एवं चितवन ३ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रमा मतदान गरेको छन् ।
आज बिहान सात बजे प्रचण्डले मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सबै मतदातालाई ऐतिहासिक चुनावमा सहभागी हुन आग्रह पनि गरेका छन् ।
मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने,
-देशमा समृद्धिको यात्रा सुरु भएको छ ।
-अब राजनीतिक स्थायीत्व हुने र देश आर्थिक समृद्धिको बाटोमा अघि बढ्नेछ।
-शान्ति प्रक्रियापछि पहिलो पटक आफ्नै वडामा मतदान गर्न पाउँदा खुसी र गर्वको महसुस भयो ।
-देशमा वामपन्थीको नेतृत्वमा सरकार बन्नेछ ।










