ढुङगा लागेर वस्नेतको मृत्यू

जाजरकोट ः यहाँको त्रिवेणी नलगाड नगरपालिका वडा ५ गेडेनीमा ढुङगा लागेर एक जनाको मृत्यू भएको छ । जिल्लाको वारेकोट गाउँपालिका वडा ४ मैनाका ४५ वर्षीय पुर्व वडा अध्यक्ष मानवहादुर वस्नेतको ढुङगा लागेर सोमवार दिउँसो गेडेनीमा मृत्यू भएको हो । उहाँ वारेकोट वाट जाजरकोट सदरमुकाम जाँनका लागि आउँदै हुनुहुथ्यो । नलसिंह गाड जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माणका लागि काम भईरहेको ठाउँमा वस्नेतलाई ढुङगा लागेको हो ।










