डाक्टर नहुँदा पोष्ट माटम भएन

जाजरकोट ः यहाँको जाजरकोट अस्पतालमा डाक्टर नहुँदा लासको पोष्ट माटम हुँन सकेको छैन् ।
जिल्लाका सवै डाक्टरलाई चुनावमा खटाएपछि जाजरकोट अस्पताल डाक्टर विहिन भएको हो । दुई दिन देखि कुशे गाउँपालिका ८ कि ४२ वर्षीय जुनकोती वुढाको लास जाजरकोट अस्पतालमा पोष्ट माटमका लागि ल्याएपनि डाक्टर नहुँदा समस्य उत्पन्न भएको छ । अस्पताल नै खालि हुँने गरि निर्वाचनमा खटाएपछि यो समस्य आएको हो । जाजरकोट अस्पतलमा डाक्टर नहुँदा अहिले उपचारमा आएका विरामीहरु उपचार नै नगरि फर्कने गरेका छन् ।
अस्पतालमा अहिले प्रशिक्षणमा आएका विद्यार्थीले फोन उठाउने र केही थाह छैन भनेर जवाफ फर्काउने गरेका छन् । जाजरकोट अस्पतालमा राससले सोधेको जिज्ञासामा पनि प्रशिक्षार्थी नै फोन उठाएर कुनै कुरा थाह नभएको जानकारी गराएको छ ।
मृतकका आफन्तहरु लास कहिले पोष्ट माटम होला भनि कुर्न थालेको घण्टै भएको भन्दै आक्रोष व्यक्त गर्न थालेका छन् ।
हेमन्त के सी ———





error: Content is protected !!