धन्यवाद ज्ञापन

रुकुम । पश्चिम रुकुममा उत्साहजनक र शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न गरेकोमा वामगठवन्वन्धन पश्चिम रुकुमका प्रतिनिधिसभा सदस्यका उम्मेद्धार जनार्दन शर्मा प्रभाकरले सम्पुर्ण मतदातालाई विशेष धन्यवाद दिनुभएको छ । पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै उम्मेद्धार प्रभाकरले राजनैतिक स्थायित्व र समृद्धिको जनचाहाना विपरित केही निर्वाचन विरोधिहरुको अवरोधका विच जनताले देखाएको उत्साहपुर्ण सहभागिताले निर्वाचन सफल भएको वताउनुभयो ।
उहाँले निर्वाचन सफल वनाउन अहोरात्र खटनपटन गर्ने गठवन्धनका नेता कार्यकर्ताहरु, स्थानिय तहका सरकारहरु, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, मुख्य निर्वाचन अधिकृतको कार्यालय लगायत निर्वाचन कार्यक्रममा संलग्न सवैलाई धन्यवाद तथा वधाई ज्ञापन गर्नुभएको छ ।
उम्मेद्धार प्रभाकरले पहिलो चरणको निर्वाचन सफलता संगै मुलुकमा दोश्रो चरणको निर्वाचन पनि शान्तिपुर्ण र उत्साहजनक रुपमा सफल हुने पनि विश्वास व्यक्त गर्नुभएको छ ।
दोश्रो चरणको निर्वाचनको सफलता पश्चात मुलुकले राजनैतिक स्थायित्व संगै वामपन्थी शक्तिको नेतृत्वमा स्थायी सरकार प्राप्त गर्ने र देशले शान्ति, अग्रगमण, विकास र आर्थिक समृद्धिको वाटो लिने पनि माओवादी केन्द्रका सचिवालय सदस्य समेत रहनुभएका नेता प्रभाकरको भनाई छ ।





error: Content is protected !!