हाम्रो एजेण्डाले देश चलिरहेको वेला ,वामगठवनधनले चुनाव जितिसक्यो ? पुर्व शान्ति मन्त्री मन्त्री पहाडी

चुनावी कार्यक्रममा भाग लिन गृहजिल्ला जाजरकोट आएको मौका पारेर नेकपा माओवादी केन्द्रकी महिला नेतृ तथा पुर्व शान्ति मन्त्री सत्य पहाडी संग भेरीखवर डट कमका लागि गरिएको कुराकानी संम्क्षेपमा उल्लेख गर्नु चाहन्छु । सर्वप्रथम हामीले उहाँलाई सोधेका थियौँ
वामगठवन्धन र नेपाली कांग्रेस विच चुनावी रस्सा कसी चलिरहदा जाजरकोटमा कस्तो छ ?
देशै भरिको महोल हेर्दा विगतमा हामी ६० प्रतिशत थियौँ । अहिले हामी स्थानीय निकायको चनावको टेडा हेदा अहिले हाम्रो अवस्था ९० प्रतिशतमा पुगेको छ । ६ नम्वर प्रदेश वामगठवन्धन मय भईसकेको छ ।
६ नम्वर प्रदेशमा जित्ने आधार के छ त्यस्तो ?
हिजो यहाँ नेता मात्र मात्र होइन ,जनता पनि संगै यस राजनीतिक आन्दोलमा लागेकै कारण देशमा परिवर्तन आयो , जनयूद्ध,जनआन्दोलमा जुन खालको भमिका हामीले खेलेका छौँ , त्यसैले देशमा परिवर्तन आयो । यो सवै वामगठवन्धले त्यस्को संस्थागत रुपमा विकास र जगेर्ना गरिरहदा हामी अहिले यहाँ सम्म आएका छौँ । नेपालमा कम्यूनिष्टले लिएको एजेण्डा जनताले लिएको एजेण्डा हो र जनताको पुरै अधिकार दिने कुरा कम्यूनिष्टले नै गरे । हिजो ए आज जुन समयमा पनि जनताले रुचाउनुभएको थियो त्यसैले हाम्रो जित निश्चित छ । जाजरकोटको विकासका लागि मानव विकास क्रमको तथ्यंकको हिसाव हेर्दा जाजरकोट धेरै माथि आएको छ । हिजो जनताको अधिकार लेख्ने काम थियो , जनताको राजनीतिक आन्दोलन प्राप्त भएपनि अव समाज रुपान्तरणको अवस्थामा हामी आएका छौँ । उत्तर दक्षिण जोडुने भेरी करिडोरको काम जाजरकोट डोल्पामा भईरहेको छ । विद्युतको केन्दीय लाईन विस्तार भएको छ , वाटो पिच भयो , गाउँ गाउँमा सडक पुगको छ । पर्यटन क्षेत्रमा विकासका लागि कुशेमुसे पर्यटन पदमार्ग निर्माणका लागि काम सुरु हु्ँदै छ । खानेपानि , विुद्युत सडक निर्माणका थपै काम शक्ति वस्नेतकै नेतृत्वमा भएका छन् । जनताको जीवनस्तर वदल्न का लागि हाम्रो ध्यान केन्द्रित भएको छ । रोजगारी सिर्जना , विकासले जनताको चेतना वदल्ने हाम्रो अभियान ,सपना हो ।
काम अनुसारको प्रचार कम भएको हो ?
हामीले जति काम गरेपनि हामीले कहिले पनि यस्तो गरेका छौँ भनेर भनेनौ भन्दैनौ पनि , किनकी हामीले जनताको पक्षमा काम गर्ने हो हल्ला गरेर होईन । कसै कसैले सवै काम मैले गरे भन्दै वुजुवा राजतीतिज्ञले भनेको सुन्दा अनौठो लाग्छ । टुरिष्ट राजनीति गदैँ जाजरकोटको लाज लाग्दो कुरा गदै सवै आफै गरेको भनि झुटको खेति गरिरहेका छन् । जनतालाई अन्धकारमा राख्न चाहने , जनतालाई अधिकार दिन नचाहनेहरुले सवै हमीले गरेका हौ भन्दै गर्दा हामीले जनताको पहल कदमी भनेका छौ । जाजरकोटमा जुन विकासको लहर आएको छ त्यो सवै जाजरकोटी जनताको वलिदान र तपस्यले भएको हो । हामी जेल पर्नु पनि जनताकै अधिकारको लागि थियो ।
काम गर्ने तर स्वमित्व लिन नसक्ने परिपाटी कहिले सम्म ?
जाजरकोटमा एक्लै विकास कसैले गरेका छैन्न र होईन पनि । देशको नेतृत्व गर्ने अवसर पाईसकेको अवस्थामा लिडरले गरेन मैले गरे भन्नु कतिको जोहेज छ । जनताको सहयोग लिदै अहिले सम्मका काम हुँने गरेका छन् । झाडापखालको वेला पनि हामीले एकिकृत जनस्वास्थ्य अभियान चलाएर घर आँगनमा गएर औषधी गरेका थियौँ र राहत पनि वितरण गरेका थियो । विदेशको डलवर ल्याएर हेलिकप्टर उडाएर सहेर हामीले गरेका थिएनौँ । व्यक्तिगत रुपमा हामीले जनतालाई ६ हजारका दरले क्षेतिपुर्ती दिएका थियौँ । मान्छेको लास माथि राजनीति गर्नुहुँदैन । जनताको लागि गरिएको काम राजनीतिक धर्म हुँन , प्रचार गरि फाईदा लिने ठाउँ होईन ।
अनुहार पुराना केही एजेण्डा पुराना केही नयाँ , अवको मुख्य काम के हो खासमा ?
ति एजेण्डाहरु केही दिर्घकालिन थिए केही छिटो समयमा गर्न सकिने खालका थिए । जस्तै भेरी पुल निर्माण , विूत लाईन विस्तार र ठाउँ ठाउँमा सञ्चार सेवा विस्तार छोटो काम थिए , र भए पनि । दिर्घकालिन योजनामा नलगाड जलविद्युत , जाजरकोट डोल्पा सडक, जाजरकोट जुम्ला सडक वन्दै छन् । जिल्लाको विकास गर्ने हामीले हो गछौँ पनि हल्ला नगरि काम गर्ने हो त्यति थाह छ ।
अन्त्यमा केही भन्नु पर्ने भएमा ?
जनताको एजेण्डा लिएर हामी अहिले जनताको भोट मागी रहेका छौँ । म जेल पर्दा पनि जनताको पक्षमा सोच्ने गथे र अहिले पनि सोचिरहेको छु । सवैलाई मेरो अनुरोध के छ भने वामगठवन्धनलाई जिताउ । देशको स्थिर सरकार निर्माण गरि नयाँ नेपालको खाका लाई विकास मुखी परिणाम सहितको सम्वृद्धी रोज्यौ । हाँसी हतौडामा भोट हालि प्रतिनिधी सभा सदस्यका उम्मेदवार शक्तिवहादुर वस्नेत , प्रदेश सभा सदस्य क्षेत्र १ का उम्मेदवार गणेसप्रसाद सिंहलाई र सुर्य चिन्हमा भोट हालि प्रदेश सभा सदस्य जाजरकोट क्षेत्र २ का उम्मेदवार करवीर शाहीलाई अत्यधिक मतले विजय गराऔँ र म पनि समानुतिकको उम्मेदवार भएकाले आँसी हतौडामा भोट हाली विजय गराउन सवै आम नागरिकलाई अनुरोध थर्दछु ।










