मतदाता शिक्षा प्रभावकारी भएन्

डिल्लीबहादुर खत्री / चाैरजहारी
पहिलो चरणको प्रतिनिधि तथा प्रदेश सभा चुनावकाे ३ दिनमात्र बाँकी रहदा पश्चिम रुकुमको चाैरजहारी नगरपालिकाका मतदाताहरुले मतदाता शिक्षा प्रभावकारी नभएको बताउने गरेका छन् । राज्यले नागरिकले सहज तरिकाले अाफुले चाहेको उम्मेदवारलाई भाेट हाल्न पाउन भनेर मतदाता शिक्षामा लाखौं खर्च गरेपनि ब्यवस्थित मतदाता शिक्षा नहुँदा मतदाता शिक्षा प्रभावकारी बन्न नसकेको हाे । ” मत हाल्ने तरिका सिकाउने त परकाे कुरा भयाे अहिलेसम्म नमुना मतपत्र देख्न पनि नदेखेको चाैरजहारी नगरपालिका वडा न. १२ का स्थानीय टीका खत्रीले बताउनुभयो । उहाँका अनुसार राजनीतिक दलहरु पार्टीको प्रचार गर्दै अाउँछन् तर मतदाता शिक्षा सिकाउने अहिलेसम्म कसैलाई पनि देखेका छैनौं । यस्तै वडा न. १० का हिमाल शर्माले भन्नुभयो अलिअलि भाेट हाल्ने तरिकाबारे सिकाएको पर्चा पम्पलेट टाँसेकाे देखेका छाैँ तर मतदाता शिक्षा सिकाउन भने अहिलेसम्म हाम्रो घरअाँगनमा काेहि पनि अाएका छैनन् । मतदाता शिक्षा स्वंमसेवक भावना गिरीले थाेरै समयमा धेरैलाई सिकाउनु पर्ने भएकोले मतदाता शिक्षा प्रभावकारी नभएको स्विकार गर्दै ८ र ९ गते पनि बुतकेन्द्रमा गएर मतदाता परिचय पत्र बाँड्दा सिकाउने बताउनुभयो ।










