गाउँ गाउँमा गए कर्मचारी

जाजरकोट । कर्मचारी र सुरक्षाकर्मि सहितको टोली दुर्गम गाउँका मतदान स्थल मातर्फ हिडेको छ । मतपेटिका, मतपत्र, मतदाता परिचय पत्र लगायतका निर्वाचनका सामग्री बोकोर मंगलबार बाटै टोली मतदान स्थलतर्फ हिडेको हो ।
सदरमुकाम देखि निकै टाढाका जुनिचाँदे र बारेकोट गाउँपालिकाका मतदान स्थल तर्फ मतदान अधिकृति सहित कर्मचारी र सुरक्षकर्मीको टोली हिडेको जिल्ला निर्वाचन अधिकारी हरि बहादुर बुढाथोकीले बताए । उक्त ठाउँ सम्म पुग्न दुइ दिन लाग्ने भएकोले निर्वाचन टोली आजै त्यसतर्फ हिडेको हो ।

दुर्गमका उक्त मतदान स्थलमा विहिवार सम्म निर्वाचन टोली पुग्ने मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । जिल्लामा निर्वाचनको लागि ९ सय २० कर्मचारी, प्रहरी र म्यादी १२ सय र ३ सय शसस्त्र प्रहरी खटाएको छ ।





error: Content is protected !!