कलाकारले मागे वामगठवन्धलाई भोट

जाजरकोट । माओवादी नेता तथा पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेत मञ्चमा भाषण सकेर कुसीमा वसीरहनुहनुभएको थियो ।
उत्ता उद्घोषकले कलाकार राजु सोनमलाई मञ्चमा वोलाएर भर्खर गित मात्र सुरु भएको थियो । राजुले वाम एकताले हुन्छ जाजरकोटको जीत , तीन वटै वामका सिट भनेर एक लय मात्र के हालेका थिए । माओवादी नेतृ तथा पुर्व शान्ति मन्त्री सत्य पहाडी छमछम्ती नाँच्न थाल्नुभयो । उहाँलाई नाँचेको आधा मिनेट नवित्दै पुर्व संसद रिता रावल कुसीवाट उढेर नाँच्न थाल्नुभयो । त्यसपछि शक्ति वस्नेत , प्रदेश सभा सदस्य क्षेत्र १ का उम्मेदवार गणेसप्रसाद सिंह, भेरि नपा मेयर सिपि घर्ती , पनि कम्मर मर्काउदै नाँचदै गर्दा सवै अतिथी संगै नाँचेर मञ्च नै सवै कलाकार मय भयो । उपस्थित सवै रमाई रमाई हेर्न थाल्नुभयो ।

यसरी जाजरकोटका गाउँमा कलाकार नेता , तथा पुर्व मन्त्रीहरु संगै नाँच्दै ,गाउँदै , स्थानीयको घरमा भोट मागीरहेका छन् । सवै थोक मानिसहरु एकै ठाउँमा देख्दा स्थानीयलहरुले वामको जीत निश्चित भएको वताउन थालेको भेरी नगरपालिका भुरमा नवराज शर्माले वताउनुभयो । राजु संगै वलु आर सीले दैनिक चुनावी सभामा चुनावी गीत गएर वेला वेलामा दर्शकको ध्यान पुरै केन्द्रित गदै हिडेका छन् । जाजरकोटका गाउँ गाउँमा पुर्व गृहमन्त्रीको भव्य स्वागत र विजयको अग्रीम सुभकामना दिन थालेको कलाकार आर सीले वताउनुभयो । कला ,साहित्य , लेखक मात्र होईन , मन्त्री भईसक्नुभएकी सत्य पहाडी दैनिक जनता घर दैलोमा हुनुहुन्छ । एक महिला सवै क्षेत्रमा हात हालेको अनि सवैमा अव्वल भएको देख्दा यहाँका सवै महिलाहरु उहाँलाई अघि वढ्न आग्रह गदै सम्प्र्ण महिलाको सहयोग हुँने वताउन थालेको नेकपा एमालेकी नेतृ तारा शाक्यले वताउनुभयो ।
आफु भोको रहेर पनि अर्कालाई भोको हुन नदिने स्वभाव भएकी पहाडी अहिले जाजरकोटका सवै महिलाको मन जित्दै यहाँका महिलाले एक पटक फेरी मन्त्री वन्ने सुभकामना दिएको शाक्यले वताउनुभयो । शक्ति वस्नेतको राजनीतिक जीवनलाई सफल पादैँ आफ्नो छुटै पहिचान वनाउन सफल पहाडी माओवादी केन्द्र भित्रको अव्वल नारीको रुपमा स्थापित हुनुहुन्छ ।










