डोल्पाली युवाद्धारा सम्पादित ‘संघर्ष’ मुक्तक संग्रह बिमोचन

दुनै(डोल्पा) २७ कार्तिक
दुर्गम जिल्ला डोल्पाबाट साहित्य क्षेत्रमा उदाएका नव साहित्यकार हेमराज बुढामगर द्धारा सम्पादित ‘संघर्ष’ नामक मुक्तक संग्रह विमोचन गरिएको छ ।
गौरी प्रकाशनद्धारा सोमबार राजधानीमा आयोजित तीन पुस्तको संयुक्त विमोचन कार्यक्रममा संयुक्त रुपमा लिखित ‘संघर्ष’,रत्न प्रसाद अनमणिको ‘एक कप चिया’ र पुनाराम क¥याबरिक्को ‘केका कहल’ कृतिको संयुक्त रुपमा विमोचन गरिएको हो ।
उक्त कृतिहरुको विमोचन गजल शिरोमणी प्रा.डा घनश्याम परिश्रमीेले गर्नु भएको थियो ।
कार्यक्रममा अथितीको रुपमा आमन्त्रीत रुद्र अधिकारीले पुस्तकबारे समिक्षा गर्नुभएको थियो ।
संयुक्त कृति विमिोचन कार्यक्रमको सभापतित्व भने दामोदर ढकाल ‘दिपक’ले गर्नु भएको थियो ।
कलिलो उमेरमै साहित्य क्षेत्रमा उदाएका साहित्यकार बुढामगरले यस अघि पनि ‘फोक्सुन्डो स्वरुप’नामक कृति समेत प्रकाशन गरिसक्नु भएको छ ।
रामचन्द्र न्यौपाने










