जनार्दन शर्मा सवार गाडीलाई लक्षित गरी बम प्रहार, बम विप्लव माओवादीले प्रहार गरेको आशंका

रुकुम– निर्वतमान गृहमन्त्री एवं विना विभागीय मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’सवार गाडीलाई लक्षित गरी बम प्रहार गरिएको छ।
वाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका माओवादी नेता शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी चौरजहारी नगरपालिका–८, को गोइरीमा दुईवटा बम प्रहार भएको हो।
चौरजहारी उपत्यकाको चुनावी सभा, घेरदैलो र भेटघाट सकेर सानीभेरी गाउँपालिकाको सिम्ली आउँदै गरेको प्रचार टोलीलाई लक्षित गरी सडकमाथिबाट बम प्रहार भएको प्रहरीले जनाएको छ।
पहिलो बम शर्मा चढेको गाडीलाई लक्षित गरी प्रहार भएको थियो। तर, सो बम पडकेन्। गाडीको पछाडी परेको बम पड्के पनि कुनै क्षति नभएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम ९पश्चिम० का प्रमुख डिएसपी राजेन्द्रप्रसाद धमलाले बम कसले फालेको भनेको एकीन नभएको र संलग्नको खोजी भइरहेको बताए।
बम नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले प्रहार गरेको आशंका गरिएको छ। केही दिन अघि नेकपाकै कार्यकर्ताले शर्माकै घरमा कालो व्यानर राखेका थिए।
तस्वीर कान्तिपुरको अनलाइन संस्करणबाट।










