जाजरकोटमा फेरियो प्रचारशैली बज्दैन बाजा, पाक्दैन भतेर

जाजरकोट । वामवन्थी गठवन्धनका प्रतिनिधी सभाका उम्मेदवार शक्तिवहादुर बस्नेतलाई त्रिवेणी नलगाड नगरपालिका वडा ११ स्थित बस्नेत गाउँका महिला तथा पुरुषले खेतवारी बोलाए । उम्मेदवारले आफ्नो परिचय दिन नपाउँदै महिला तथा पुरुषले विषय प्रवेश गरे । हाम्रो सन्तानको उम्मेदवार, हाम्रो इज्जत बढेको छ, अव फेरी मन्त्री भएर आउनुहोला । हामी बस्नेतको ठूलो बस्ती छ , हामी तपाइँलाई भोट हाल्छौँ ।

जाजरकोटमा यति बेला कसैलाई फुर्सद छैन । भोट हाल्ने किसानलाई धान भित्रयाउने र गहुँ रोप्ने चटारो छ । उम्मेदवार घरदैलोमा पुगेर हात जोड्दै मत माग्न व्यस्त छन् । प्रचारप्रसारको शैली फेरिएको छ । नेता आएपछि बाजागाजा बजाउने, फूलमाला लगाउने र खसी–राँगा काट्ने चलन विस्तारै हट्दै छ । जिल्लामा १ निर्वाचन क्षेत्र छन् । १ प्रतिनिधि र २ प्रदेशसभाका लागि लोकतान्त्रिक र वाम गठबन्धनका गरी ७ जनाले उम्मेदवारी दिएका छन् । १ कार्यकाल सभासद भएका माओवादी केन्द्रका शक्तिवहादुर बस्नेत, एक कार्यकालका राजिवविक्रम शाह , एक कार्यकालका दिपकजंग शाह बाहेक अरू सबै नयाँ अनुहार चुनावी प्रतिस्पर्धामा छन् ।

 

वामपन्थी गठवन्धनका प्रतिनिधी सभा सदस्याका उम्मेदवार शक्तिवहादुर वस्नेत , प्रदेश सभाका उम्मेदवार क्षेत्र नं १ वाट गणेस प्रसाद सिंह , क्षेत्र २ का करवीर शाही पहिलो चरणमा घरघरमै पुगेर कार्यकर्ता भेटघाट प्रशिक्षण दिने र साझा उम्मेदवारको व्याख्या गर्ने लगायतका कार्यमा बढी समय खर्चेका छन् । कलाकारसहितको आमसभा गर्दै कार्यकर्ता प्रशिक्षण गदै हिंडेको वामगठवन्धले सवै ठाउँमा पुग्ने बताए । नयाँ उम्मेदवारले गाउँटोल, बस्ती चिनेका आफ्ना पुराना शीर्षनेतालाई पनि प्रचारमा सँगै लगेका छन् । ‘अघिल्ला निर्वाचनमा जस्तो देखिने गुटबन्दी यसपाली छैन,’ एमालेका श्रम तथा रोजगार विभागका सचिव निरज आचार्यले भने, ‘कांग्रेसको जीवन–मरणको प्रश्न भएकाले सबै एकजुट भएका छन् ।’ प्रतिनिधिसभा उम्मेदवार राजिव विक्रम शाह यति बेला गाउँ गाउँमा छन् । वामगठवन्धन भन्दा निकै भोट तल रहेका कारण कांग्रेसलाई निकै मेहनत गर्नुपर्ने कांग्रेसले बताएको छ ।

मतदातालाई घरमा फेला पार्न राति १० बजेपछि वा झिसमिसेमै जानुपर्ने बाध्यता छ । त्यसैले प्रचारको समय पनि बदलिएको छ । हाल बस्तीबस्तीमा पुगेर कोणसभा र घरदैलो गर्नुबाहेक जनाधार प्रदर्शन गर्न ठूला आमसभा आयोजना समेत भएको माओवादी नेता शक्तिवहादुर वस्नेतले बताए । किसान लाई खेतीपातीको चटारो परेका बेला भाषण सुन्न आमसभामा बोलाउन उपयुक्त नहुने भएकाले घरदैलोमै मत माग्नुपरेको प्रदेश सभाका सदस्या क्षेत्र नं १ का उम्मेदवार गणेश प्रसाद सिंहले बताए ।





error: Content is protected !!